काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको छ । शनिवार काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको हो । अध्यक्ष प्रचण्डले पेश गरेको सांगठनिक प्रतिवेदनमा गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख गरेको छ ।
प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने योजना समेत अघि सारेको छ । प्रचण्डले बैठकमा ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् । एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित रहेर तयार पारेको छ । अध्यक्ष ‘प्रचण्ड’ ले आउँदो चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी समेत गरेका छन् .
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...