चोरी डकैती गदै हिड्ने ४ जनालाई प्रहरी द्वारा सार्वजनिक

Written by meropradesh creator

९ आश्विन २०७८, शनिबार

रामेछाप । जिल्लाभरी चोरी डकैती गर्दै हिड्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय रामेछापले नियन्त्रणमा लिएर शुक्रबार सार्वजनीक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनिहरुलाई सार्बजनीक गरेको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले दिएको जानकारी अनुसार भरुवा बन्दुक तथा धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्दै हिड्ने गरेका थिए । प्रहरी नायव उपरीक्षक ढुंगानाले दिएको भने पछिल्लो पटक गएको भदौ ३१ गते टाउँको र मुखमा रुमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा चोरी गरेका थिए । घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी खिम्तीबाट खटिएको टोलीले दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका वडा नं. ६ का ठूला भनिने मिलन तामाङ, राहुल भनिने लालबहादुर तामाङ, जंगे भनिने आकाश तामाङ र आशिस भनिने भुमिराज तामाङ रहेका छन् । उनीहरु माध्य आकाश तामाङ र भुमीराज तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी मिलन तामाङलाई फर्पुबाट र लालबहादुर तामाङलाई मन्थलीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुकोे साथबाट भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान उनीहरुले प्रयोग गरेका चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरी अनुसार १ तोलाको सुनको बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको घोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोले, ६ आनाको सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ आना सुनको माडवारी २ थान, आधा तोलाको तिलहरी, ६ तोला चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको जनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...