चीन बाट अनुदानमा दिएको सिलिन्डरमा आफ्नो फोटो टाँसे पछी वनमन्त्रीको आलोचना

Written by meropradesh creator

११ जेष्ठ २०७८, मंगलवार

काठमाडौँ । चीन सरकारबाट अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीर सहित स्टिकर टाँसेर बाँडेपछि वनमन्त्री प्रेमबहादुर आलेको चर्को आलोचना भएको छ ।
अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनको चर्को आलोचना भएको हो ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले सामाजिक सञ्जालमा भाइरल भएका छन् । चीन सरकारबाट अनुदानमा आएका अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनी भाइरल भएका हुन् ।
मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टर मार्फत गृहजिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका छन् । जिल्ला अस्पताल डोटीमा र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका हुन् । मन्त्रीबाट ढिलै भए पनि सहयोग उपलब्ध हुनु स्वागतयोग्य काम भए पनि यसरी विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट काम रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीअंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गाली गरिरहेका हुन् ।

स्रोतका अनुसार चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले ती अस्पतालका लागि भनेर लिएका थिए । तर केही सिलिन्डर भने आफ्नै व्यक्तिगत खर्चमा किनिएको मन्त्री आलेले बताएका छन् । तर उनले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर बाँडेका छन् ।

मन्त्री आलेले १५ वटा सिलिन्डर स्वास्थ्य विभागले दिएको र बाँकी चीनबाट मगाएर सेवा गरेको बताएका छन् । तर कतिपयले सरकारकै बजेटबाट ती सामग्री किनिएको हुनसक्ने र मन्त्रीले सस्तो लोकप्रियताका लागि आफ्नो व्यक्तिगत भन्दै प्रचार गरेको टिप्पणी गरेका छन् । यी सामग्री कसको रकमबाट किनिएका हुन् भन्ने ठोस आधार भने सार्वजनिक गरिएको छैन ।

उनले ७५ सिलिन्डर गृहजिल्ला डोटीमा र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदान गरेको बताएका छन् । यसका साथै सेनिटाइजर, मास्क, औषधी लगायत सामग्री पनि वितरण गरेको जनाइएको छ ।

तर विपदमा राजनीतिक अभिष्टका लागि यसरी प्रचार गरिनु गलत मानिन्छ । यसरी कामभन्दा प्रचार बढी गरेको भन्दै उनको आलोचना भइरहेको छ । वेलावेला विवादमा आइरहने मन्त्री आले यसअघि ‘रूखले हामीलाइ कार्बनडाइअक्साइड दिन्छ र हामीबाट अक्जिजन लिन्छ’ भनेपछि यसैगरी भाइरल भएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...