छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रामेछापमा शुरु ११ बिद्यालय सहभागी

रामेछाप । छैटां राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० रामेछाप नगरपालिकाले शुरु गरेको छ । मंगलबार बाट रामेछाप बजारको टुँडिखेल मैदानमा शुरु भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमीक बिद्यालयहरुको सहभागीता रहेका छन् ।
बागमति प्रदेशका साँसद तारानारायण श्रेष्ठले कार्यक्रममको उद्घाटन् गर्दै खेलकुदको विकास विना राष्ट्रको विकास सम्भब नभएको बताएका छन् । सँसद श्रेष्ठले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने धारणा राख्दै खेलकुद विकासको गतिसंगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने बताए । साथै खेलकुदको सुधारका लागि नितिगत रुपमा रहेका जटिलताहरु फुकाउनु आवश्यक रहेको र त्यसका लागि आफु पनि सक्रिय रुपमा लागि पर्ने प्रतिवद्ता ब्यक्त गरेका छन् ।


सो अबसरमा कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका वागमति प्रदेशका अर्का साँसद आनन्द कुमार श्रेष्ठले खेल मानव जीवनको महत्वपुर्ण अँग रहेको भन्दै यसको थप विकासका लागि, लागि पर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । उनले सबै स्थानिय सरकारको लगानी र ईच्छा शक्तिले मात्र खेलकुदको विकासमा आशातीत सुधार हुन नसक्ने भन्दै यसका लागि आफु पनि लागि पर्ने धारणा राखेका छन् ।
रामेछाप नगरपालिकाका प्रमुख लब श्री न्यौपानेले वजेटमा भएको पावन्दीका कारण नगरपालीकाले चाहदा चाहदै पनि खेलकुद र नगरको सर्वाङ्गिण विकासको क्षेत्रमा सोचेजति काम गर्न नसकेको भन्दै त्यसका लागि प्रदेश सरकारका माननियहरु मार्फत थप सहयोगका लागि लागि आग्रह गरेका छन् । नगरप्रमुख न्यौपानेले भने– आफु निश्चित समयका लागि मात्र नगरको नेतृत्वमा आएकोले आफनो कार्यकालमा सकेजति राम्रो काम गर्ने प्रयत्न गर्ने सोच आफुले बनाएको छु । तर कतीपय काम चाहदा चहदाइ पनी कानुनि जटिल्ताको कारण गर्न समस्या छ ।


उक्त कार्यक्रमा रामेछाप नगरपालीकाकी उप प्रमुख बाल कुमारी कार्कि थापा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेले रामेछाप नगरस्तरिय छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मार्फत खेलकुदको गतिविधीलाई वडा स्तर सम्म विकास गर्न सके खेलकुदको संस्थागत विकासमा सहयोग पुग्ने धारणा राखेका छन् । खेलकुद आगामी शनिबार समापन गर्ने गरि कार्यक्रम तय भएको आयोजक पक्षले जनाएको छ ।


कार्यक्रमका अवसरमा सहभागि ११ विद्यालयहरुले प्रतियोगितात्मक मार्चपास गरेका थिए । मार्चपासमा मावि गौरीशंकरले सहभागि विद्यालयहरु मध्य सर्वाेत्कृष्ठता हाँसिल गर्दे पुरस्कार र प्रमाण प्राप्त गरेको थियो भने शारदा संस्कृत मावि बावियाखर्कका विद्यार्थीहरुले कार्यक्रमको आरम्भमा स्वस्तिी वाचन गरेका थिए ।


विहिबार ,शुक्रबार र शनिवार गरि तीन दिन सम्म संचालन गरिने उक्त प्रतियोगिताका विभिन्न ७ विधाका खेललाई समाबेस गराईएको र त्यसको उचित ब्यवस्थापनका लागि विभिन्न समिति र उप समिति निर्माण गरि जिम्मेवारी समेत निर्धारण गरि सकिएको रामेछाप नगर शिक्षा शाखाका प्रमुख नमराज प्रसाद बडुले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...