चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयुक्त थपलिया

Written by meropradesh creator

११ भाद्र २०७८, शुक्रबार

रामेछाप । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् । मन्थली नगरपालिका–१ बसपार्कमा निर्माण भएको भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय निर्वाचन गर्नका लागि आयोगले कार्यसूची बनाई सकेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालमा निर्वाचन महँगो हुँदै गएको भन्ने गुनासो बढेकाले निर्वाचन खर्च कम गर्न सबैले आ–आफ्नो ठाउवाट सामाजिक सचेतनाको कार्यक्रम गर्नुपर्ने बताए । राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेको गलत कामलाई निस्तेज गर्न सकिने भन्दै सबै नागरिक सचेत हुनु पर्ने बताए । निर्वाचन प्रणालीकै कारण निर्वाचन महँगो नभएको भन्दै निर्वाचन आचरसहिँता कार्यन्व्यन गराउने जिम्मेवारी नागरीकको पनी भएकोले नागरिकले पनी निर्वाचन आयोगलाई साथ दिन पर्ने बताए ।

भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले सबै नागरिकलाई मतदानमा सहभागी गराउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको समेत बताएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै थपलियाले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम लेखाउन सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले जो जहाँ बसोबास गरिरहेको छ, त्यहीँबाट मतदाता नामावलीमा नाम समावेश गर्न प्रक्रिया अगाडी बढाइसकेको भन्दै राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेका गलत कामलाई निस्तेज गर्न आग्रह गरे । सात वर्षमा निर्माण सम्पन्न भएको निर्वाचन कार्यालय भवनलाई तीन करोड ११ लाख ७६ हजार ८सय ७७ रुपैयाँ खर्च लागेको जिल्ला निर्वाचन अधिकारी शम्भु कटुवालले जानकारी दिए । निर्वाचन आयोगका ७७ वटै जिल्लामा कार्यालय छन् । तर आफ्नै भवन भएको रामेछाप २३ औं जिल्लामा पर्दछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...