रामेछापको रामेछाप नगरपालिका–६, च्यास्कुमा बोलेरो गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।शनिबार दिउँसो ५०७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा ती बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा तथा प्रहरी घटनास्थलमा पुगेका थिए। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।थप विवरण खुल्न बाँकी
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









