रामेछापको मन्थलीमा बोलेरो गाडीको ठक्करबाट १६ महिनाका एक नाबालकको मृत्यु भएको छ। मन्थली बजारबाट तामाकोशी नदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२८ च १२७२ नम्बरको बोलेरोले शनिबार बिहान करिब ८ बजे खेलिरहेका बालकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मन्थली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









