रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सोमबार बिदाई भएको छ । उनको हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरुवा भएको हो । शर्मा एकवर्ष अघि रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएकी थिइन । उनको कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
प्रजिअ शर्मा कार्यालयमा हाजिर भएयता बिभिन्न विषयमा उनी बिबादमा परेकी थिइन । कोरोना महामारीको समयमा मन्थली नगरपालिकाले कोरोनाबाट बच्न औषधी र स्वास्थ्य सामाग्री लिन सवारीसाधन काठमाण्डौं पठाउन मागेको पास प्रजिअ शर्माले नदिएपछि उनी बिवादमा परेकी थिइन । सवारी पास नदिएको बिषयमा प्रजिअ शर्माको चौतर्फी रुपमा बिरोध भएको थियो । प्रशासनले सवारी पास नदिएपछि वैकल्पीक माध्यमवाट पालिकाले आवश्यक औषधी र स्वास्थ्य सामाग्री जिल्लामा झिकाएको थियो ।
त्यसैगरी कोरोना महामारीको जोखिम कम भएको भन्दै मन्थली नगरपालिकाले सामुदायिक विद्यालय संञ्चालन गर्न विद्यालयलाई पत्राचार गरेको थियो । सो पत्रको बिषयमा प्रजिअले कोरोना संक्रमणको समयमा बिद्यालय नखोल्न यदी खोलेमा आवश्यक कारवाही गर्ने भन्दै मन्थली नगरपालिकालाई पत्राचार गरेकी थिइन । सोही बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी शर्माको दोहोरी चलेको थियो । मन्थली नगरपालिकाले प्रजिअको पत्रको बेवास्ता गर्दै सबै सामुदायिक विद्यालयहरुको पठनपाठन सामाजिक दुरी कायम गरि संचालन गर्न पत्राचार गरेपछि विद्यालयहरु नियमित संचालनमा आएका थिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापमा दलित नाता प्रमाणित गर्न पुगेकी एक युवतीलाई नाता प्रमाणित नगर्दा उनी विवादमा मुछिएकी थिइन । दलित युवतीले आवश्यक सबै कागजात लिएर प्रशासन कार्यालयमा जाँदा समेत दलित प्रमाणित नगरेपछि धेरै सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशित भएपछि प्रशासन कार्यालयले ती युवतीलाइ एकहप्ता भित्रै कार्यालयमा बोलाएर दलित प्रमाणित गरेर सिफारिस पत्र प्रदान गरेको थियो ।
हाल रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा रामेछापकै स्थानिय बासिन्दा अर्जुनकुमार शर्मा आजै हाजिर हुने कार्यालय श्रोतले जनाएको छ । प्रजिअ शर्मा पाँचथर जिल्ला प्रशासन कार्यालयवाट आउने भएका हुन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...