बिपदवाट जोगिने उपाय खोज्दै चुचुरेका स्थानिय

Written by meropradesh creator

२६ पुष २०७७, आईतवार

रामेछाप । पटक–पटक आएको बिपतवाट धनजनको क्षति हुनथालेपछि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरे गर्ज्याङ्मा बसोवास गर्ने नागरिकहरु कसरी जोगिने भन्ने उपाय खोज्न थालेका छन् ।
तीनवर्ष भित्रको अवधिमा परेको चट्याङका कारण त्यस क्षेत्रमा ३ जना नागरिकहरुले ज्यान अकालमा गुमाउनु पर्यो । त्यस्तै चट्याङ लागेर २५ जना भन्दा वढी नागरिकहरु घाइते भए भने घरमा पालिएका चौपायालाई समेत चट्याङले छाडेन् । घर छेउमै परेको चट्याङका कारण घरमा पालिका ५० भन्दा वढी चौपायाहरु समेत मरे । यसरी वर्षेनी पर्ने चट्याङ र अन्य विपदवाट जोगिन त्यस क्षेत्रका नागरिकहरु विभिन्न उपायहरु अपनाउन थालेका छन् ।
रामेछापको उत्तरी क्षेत्र हिमाली काखमा पर्ने गोकुलगंगा गाउँपालिकाको चुचुरे–१ गज्र्याङ्गमा वसोवास गर्दै आएका १७ घरधुरी परिवारहरुले आफु बच्न र घरमा पालिकाएका चौपायाहरुलाई बचाउन अहिले प्रत्येक घरघरमा अर्थिङ्ग राख्न शुरुवात गरेका छन् । त्यस क्षेत्रका नागरिकहरुको भएको पुरानो घर समेत २०७२ सालको भुकम्पले भत्काइदिएपछि अहिले नयाँ बनेका निजि आवासमा स्थानिय नागरिकहरुले अर्थिङ्ग राख्न शुरु गरिएको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका पदमराज कार्कीले जानकारी दिए ।
उनले भने– हिमाली क्षेत्र भएकै कारण वढी मात्रामा चैत्र देखी कार्तिक महिनासम्म हावाहुरी चल्ने, गड्याङगुडुङ हुने र चट्याङ पर्ने गर्दा नागरिक र चौपायाको वर्षेनी मृत्यु हुने गरेको छ भने घरमा राखिएका उपकरणहरु टिभी, मोवाइल, विद्युत मिटर बक्स जस्ता लाखौ मूल्य वरावरका अति आवश्यक सामाग्रीहरु समेत जलेर नष्ट हुँदा सधै अन्धकारमा वस्नु पर्ने वाध्यता रहेको पनि पिडीत कार्कीले गरे ।
गैरसरकारी संस्था स्लामिक रिलिफ ललितपुरको आर्थिक सहयोगमा सामुदायिक विकास समाज रामेछापले अहिले वढी चट्याङ बाट क्षति पुगेका रामेछापको उत्तरी क्षेत्रका नागरिकहरुको घरघरमा अर्थिङ्ग राख्न आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएपछि त्यस क्षेत्रका नागरिकहरुले घरघरमा अर्थिङ्ग राख्न शुरुवात गरेका हुन् ।
वर्षेनी चट्याङ्गका कारण मानविय र चौपायाको क्षति हुन थालेपछि यसवाट जोगिने उपाय एकमात्र विकल्प अर्थिङ्ग भएकाले हामीले केही आर्थिक सहयोग पुर्याउँदा समुदायमा वसोवास गर्ने नागरिकहरुलाई सहजता होस् भन्ने उद्धेश्यले संस्था मार्फत ४० हजार रुपैयाँ सहयोग प्रदान गरिएको सामुदायिक विकास समाजका कार्यक्रम निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।
उनले भने– विदपवाट जोगिनको लागि संस्था मार्फत ठाउँठाउँमा पोखरी निमार्ण, गोरेटो वाटो निमार्ण, खहरे खोलाहरुमा पैदल हिडन्े पुल निमार्ण, खानेपानीको मुहान संरक्षण, गाउँघर क्लिनिक समेत निमार्ण गरिएको छ । भने सामुदायिक विद्यालयहरुमा अध्ययनरत नानिवावुहरुलाई आपतकालिन पूर्व तयारी कक्षा समेत संचालन भइरहेको पनि निर्देशक घिसिङले बताए ।
जिल्लाको सवैभन्दा वढी मात्रामा चुचुरे क्षेत्रमा चट्याङ, वाढी पहिरो र वर्षातमा वढी मात्रामा वर्षात हुने भएकाले यसवाट जोगिन संस्थाले केही सहयोग गरेपनि यो अपुग भएकाले चुचुरेको १ नं वडा भरीनै घरघरमा अर्थिङ्ग राख्न थप सहयोग उपलव्ध गराउनु पर्ने गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका वडा अध्यक्ष मणिकुमार लामाले वताए ।
उनले भने– चुचुरे गाउँ नै वढी चट्याङ्गको जोखिम क्षेत्र भएकाले वडा भरी नै यस किसिमको कार्यक्रम लैजानु पर्ने भएकाले संस्थाले पनि सहयोग गर्नुपर्ने र यसमा वडा स्तरवाट पनि आवश्यक वजेट विनियोजन गरेर अघि वढ्ने छौं । यसका लागि आवश्यक वजेट विनियोजन गर्न वडा स्तरवाट गाउँपालिकामा लग्ने पनि अध्यक्ष लामाले जनाए ।
चुचुरेका नागरिकहरु आफ्नो घरमा राखिएको अर्थिङ्गले घरमा वसेको समयमा त विपदवाट जोगिन सक्ने भएपनि विद्यालयमा जाने आफ्ना नानीवावुहरु भने सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले घरमा राखेको जस्तै अर्थिङ्ग विद्यालय, स्वास्थ्य चौकी, विद्युत शव स्टेशन लगाएको क्षेत्रमा पनि राख्नु पर्ने माग स्थानियहरुले गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...