रामेछाप । नेपाल भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा जयबहादुर कठायत निर्वाचित भएको छ । अन्य पदाधिकारीको भने निर्वाचन भएको छैन । शुक्रबार भएको संघको निर्वाचनमा कठायत विजयी भएको हो । सभापति पदका लागि कठायतसँगै खड्गबहादुर आले मगर र यम बहादुर थापा प्रतिस्पर्धामा उत्रिएको थियो । मतदान प्रक्रियाबाट कठायत विजयी भएको हो ।
निर्वाचनमा कठायतले कूल ७८ मत खसेकोमा ५३ मत पाएका छन भने उनका प्रतिद्वन्द्ध खड्ग आलेमगरले १८ र यमबहादुर थापाले ७ मत प्राप्त गरेको संघको अधिवेशनमा सहभागी केशव घिमिरेले जानकारी दिए । कठायतले यमबहादुर बुढाथीलाई उपाध्यक्षमा आजै नियुक्त गरिसकेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...