भूमिगत खानेपानी उद्घाटन

Written by meropradesh creator

२ बैशाख २०७८, बिहीबार

रामेछाप । रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरमा निमार्ण सम्पन्न भएको भूमिगत खानेपानी आयोजनाको बुधवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । उक्त भूमिगत खानेपानी आयोजनाको कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले उद्घाटन गरेका हुन् । परम्परादेखी नै कालिकुवाको पानी उपभोग गर्दै आएका सुकाजोरका नागरिकहरुले २०७२ सालको विकासकारी भुकम्पका कारण उक्त कुवाको पानीको मुल सुकेपछि खानेपानीको अभाव झेल्दै आएका थिए । खानेपानी अभाव झेल्दै आएका त्यस गाउँका उपभोक्ताहरुलाई पिउने पानीको प्रवन्ध मिलाउन नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ बाट उक्त आयोजना संचालन गरेको थियो ।
कालिकुवा पधेँराका पानी सुकेपछि अन्यत्र खानेपानीको मुल नहुँदा त्यस गाउँका नागरिकहरु खानेपानीको हैरानी खेप्न विवश थिए । त्यस गाउँमा खानेपानीको मुहान नभएपछि जमीनमा दबिएको पानी २ सय ५९ मिटर तलवाट विद्युतीय माध्यमवाट तानेर पानी जमीन माथि निकालीको छ । उक्त योजना संचालनको लागि रामेछाप नगरपालिकाले १ करोड १२ लाख ५६ हजार ७ सय २६ रुपैयाँको लागतमा योजना सम्पन्न गरेको हो ।
खानेपानी आयोजना संचालन गरेको लामो समयसम्म वजेट अभावमा अलपत्र परेको उक्त योजनालाई रामेछाप नगरपालिकाले क्रमागत रुपमा रकम विनियोजन गरेर योजना सम्पन्न गरेको छ । जमीन मुनीको पानी जमीन माथि निकालेर विद्युतीय माध्यम मार्फत भालुखोप डाँडामा निमार्ण गरिएको रिर्जभ ट्याङ्कीमा पानी जम्मा गरेर सुकाजोरका करिव ७ सय घरधुरी उपभोक्ताहरुलाई पानी वितरण गरिने भएको छ ।
उक्त खानेपानी योजनाको उद्घाटन कार्यक्रम कालि कुवा डिप वोरिङ्ग लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीवहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्का, नेपाल पत्रकार महासंघ राष्ट्रिय सभा सदस्य टीकाप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतका वक्ताहरुले आआफ्नो धारणा राखेका थिए ।
गाउँका खानेपानीको चरम समस्या झेल्दै आएका उपभोक्ताहरुलाई धेरै दुःख कष्टका साथ खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको रामेछाप नगरपापालिका वडा नं–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...