बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

Written by meropradesh creator

९ भाद्र २०७८, बुधबार

रामेछाप । चारवर्षसम्म बैदेशिक रोजगारीको लागि खाडी मुलुक मलेसियामा बसेर पसिना बगाएका दोरम्वा गाउँपालिका वडा नं १ मेघ्रेका राजन खड्का गाउँ फर्किएसँगै आफ्नै जग्गामा नर्सरी स्थापना गरेर लाखौ कमाउन सफल भएका छन् ।


राजनले सातवर्ष अघि जिल्लामा रोजगारी खोज्दै धेरै पटक सदरमुकाम लगाएतका स्थानमा धाए । जिल्लामा केही पनि रोजगारी नभेटेपछि उनी रोजगारीकै लागि राजधानी काठमाण्डौं हानिए । उनले काठमाण्डौंमा पनि आफुले सोचेजस्तो काम पाएनन् । त्यसपछि धेरै रकम कमाउने आकाक्षां लिएर खाडीमुलक मलेसिया जाने निधो गरेका उनी आवश्यक कागजात तयार गरेर एजेन्ट मार्फत तत्कालै मलेसिया हानिए ।
धेरै रकम कमाउने आशा लिएर मलेसिया पुगेका खड्काले त्यहाँ पुगेपछि पनि सोचेजस्तो काम पाएनन् । गएदेखी नै आफ्नै सम्झेर जसोतसो ४ वर्ष मलेसियामा पसिना बगाए । चारवर्ष पुरा भएपछि पुनः नेपाल फर्कने र गाउँकै पाखो रेखोमा कृषी व्यवसाय सञ्चालन गर्ने निचोड खड्काले निकाले । मलेसियामा बस्दा कमाएको केही रकम लिएर उनी चारवर्षपछि नेपाल फर्कीए ।
खड्का भन्छन् जब देश छाडेर मलेसिया पुगेर काम गर्थे त्यतीखेर झलझली आफ्नो देश र आफ्नो घर परिवार र जग्गाजमीन आखाँमा आउथ्यो । उनले विदेशमा वस्दा गरेको दुःख र वगाएको पसिना सम्झेर आफ्नो गाउँ फर्किएर कृषि व्यवसायमा लागेका छन् । अहिले उनले आफ्नै जमिनमा नर्सरी स्थापना गरेका छन् ।


गाउँमा नर्सरी स्थापना गरेका खड्काले अहिले किवी, जुनार, सुन्तला, कागती लगाएतका विरुवा उत्पादन गर्दै आएका छन् । घर परिवारका सदस्यहरुसँग रमाउँदै आफ्नै ३ रोपनी खेतमा नर्सरी वाट वार्षिक ४ लाख देखी ७ लाख रुपैयाँसम्म कमाइ हुने गरेको राजन खड्काले जानकारी दिए । उनले भने– धेरै कमाई हुन्छ होला भनेर सवै परिवार छाडेर अर्कैको देशमा गए । आखिर त्यहाँ पनि पैसा फल्ने बोट हुदोरहेनछ । दुःख नै गर्नुपर्दा आफ्नै गाउँमा गर्छु भन्ने लागेर आफ्नै देश फर्किएको खड्का बताउँछन् ।
अहिले खड्कालाई नर्सरीमा रहेका विरुवा गोडमेल गर्न, पानी हाल्ने लगाएतका कामहरुमा उनकी श्रीमती तुलसी खड्काले साथ दिदै आएकी छिन् । खड्काका दम्पती दैनिक घरको काम सकेर वाँकी रहेको समय नर्सरी खेतीलाई दिदै आएका छन् । नर्सरीमा उत्पादन भएका विरुवा खरिद गर्न रामेछापका अलावा सिन्धुली, काभ्रे, भक्तपुर लगाएतका जिल्लाहरुवाट किसानहरु गाउँमै आउने गरेको खड्का बताउँछन् ।


उनी भन्छन् कहिले नर्सरीमा उत्पादन भएको विरुवा माग धेरै भएको समयमा पुर्याउनै सकिदैन । कुनै वर्ष त्यती धेरै माग आउँदैन् । नर्सरीमा विरुवा ठूलो बनाएर राखेर बिक्री गर्नुपर्ने अवस्था आउने गर्छ । जे जस्तो भएता पनि अहिले म आफ्नै गाउँमै बसेर परिवारसँगै काम गर्न पाउँदा धेरै खुशी लागेको खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...