बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

Written by meropradesh creator

९ भाद्र २०७८, बुधबार

रामेछाप । चारवर्षसम्म बैदेशिक रोजगारीको लागि खाडी मुलुक मलेसियामा बसेर पसिना बगाएका दोरम्वा गाउँपालिका वडा नं १ मेघ्रेका राजन खड्का गाउँ फर्किएसँगै आफ्नै जग्गामा नर्सरी स्थापना गरेर लाखौ कमाउन सफल भएका छन् ।


राजनले सातवर्ष अघि जिल्लामा रोजगारी खोज्दै धेरै पटक सदरमुकाम लगाएतका स्थानमा धाए । जिल्लामा केही पनि रोजगारी नभेटेपछि उनी रोजगारीकै लागि राजधानी काठमाण्डौं हानिए । उनले काठमाण्डौंमा पनि आफुले सोचेजस्तो काम पाएनन् । त्यसपछि धेरै रकम कमाउने आकाक्षां लिएर खाडीमुलक मलेसिया जाने निधो गरेका उनी आवश्यक कागजात तयार गरेर एजेन्ट मार्फत तत्कालै मलेसिया हानिए ।
धेरै रकम कमाउने आशा लिएर मलेसिया पुगेका खड्काले त्यहाँ पुगेपछि पनि सोचेजस्तो काम पाएनन् । गएदेखी नै आफ्नै सम्झेर जसोतसो ४ वर्ष मलेसियामा पसिना बगाए । चारवर्ष पुरा भएपछि पुनः नेपाल फर्कने र गाउँकै पाखो रेखोमा कृषी व्यवसाय सञ्चालन गर्ने निचोड खड्काले निकाले । मलेसियामा बस्दा कमाएको केही रकम लिएर उनी चारवर्षपछि नेपाल फर्कीए ।
खड्का भन्छन् जब देश छाडेर मलेसिया पुगेर काम गर्थे त्यतीखेर झलझली आफ्नो देश र आफ्नो घर परिवार र जग्गाजमीन आखाँमा आउथ्यो । उनले विदेशमा वस्दा गरेको दुःख र वगाएको पसिना सम्झेर आफ्नो गाउँ फर्किएर कृषि व्यवसायमा लागेका छन् । अहिले उनले आफ्नै जमिनमा नर्सरी स्थापना गरेका छन् ।


गाउँमा नर्सरी स्थापना गरेका खड्काले अहिले किवी, जुनार, सुन्तला, कागती लगाएतका विरुवा उत्पादन गर्दै आएका छन् । घर परिवारका सदस्यहरुसँग रमाउँदै आफ्नै ३ रोपनी खेतमा नर्सरी वाट वार्षिक ४ लाख देखी ७ लाख रुपैयाँसम्म कमाइ हुने गरेको राजन खड्काले जानकारी दिए । उनले भने– धेरै कमाई हुन्छ होला भनेर सवै परिवार छाडेर अर्कैको देशमा गए । आखिर त्यहाँ पनि पैसा फल्ने बोट हुदोरहेनछ । दुःख नै गर्नुपर्दा आफ्नै गाउँमा गर्छु भन्ने लागेर आफ्नै देश फर्किएको खड्का बताउँछन् ।
अहिले खड्कालाई नर्सरीमा रहेका विरुवा गोडमेल गर्न, पानी हाल्ने लगाएतका कामहरुमा उनकी श्रीमती तुलसी खड्काले साथ दिदै आएकी छिन् । खड्काका दम्पती दैनिक घरको काम सकेर वाँकी रहेको समय नर्सरी खेतीलाई दिदै आएका छन् । नर्सरीमा उत्पादन भएका विरुवा खरिद गर्न रामेछापका अलावा सिन्धुली, काभ्रे, भक्तपुर लगाएतका जिल्लाहरुवाट किसानहरु गाउँमै आउने गरेको खड्का बताउँछन् ।


उनी भन्छन् कहिले नर्सरीमा उत्पादन भएको विरुवा माग धेरै भएको समयमा पुर्याउनै सकिदैन । कुनै वर्ष त्यती धेरै माग आउँदैन् । नर्सरीमा विरुवा ठूलो बनाएर राखेर बिक्री गर्नुपर्ने अवस्था आउने गर्छ । जे जस्तो भएता पनि अहिले म आफ्नै गाउँमै बसेर परिवारसँगै काम गर्न पाउँदा धेरै खुशी लागेको खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...