बागमतीमा पत्रकारको –यापिड रेस्पोन्स टिम

Written by meropradesh creator

१९ बैशाख २०७८, आईतवार

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले –यापिड रेस्पोन्स टिम बनाएको छ । समितिले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुपे –यापिड रेस्पोन्स टिम गठन गरेको हो । अध्यक्ष शिव देवकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको समितिका सदस्य ज्ञानु श्रेष्ठले जानकारी दिए । अध्यक्ष देबकोटाको अध्यक्षतामा शनिबारको भर्चुअल (जुम) बैठकले रेपिड रेस्पोन्स टिम गठन गरेको हो उनले जानकारी दिइन । उक्त टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (बिक), कोषाध्यक्ष रमेश ढुंगेल, कार्यसमिति सदस्यहरु प्रवीणदत्त, ज्ञानु श्रेष्ठ, काजी श्रेष्ठ, पेमा लामा, श्यामप्रसाद खतिवडा रहने निर्णय भएको समेत जानकारी दिइन । समितिीले सबै जिल्ला शाखाहरुलाई रेपिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीतिसाथ काम गर्न आग्रह गरिएको छ ।
कोभिडविरुद्ध खोप लगाउन बाँकी सञ्चारकर्मीलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएरमात्र कार्यक्षत्रमा खटिन आग्रह गरिएको छ । प्रदेश र जिल्लास्थित सम्बन्धित निकायलाई आवश्यक खोपको प्रवन्ध गरी समन्वयका लागि अनुरोध गरिएको छ । कोभिड जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित सञ्चारमाध्यमलाई महासंघले आग्रह गरेको छ । आफ्ना सञ्चारगृहका सञ्चारकर्मीलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन बैठकले निर्णयसहित आग्रह गरेको छ ।
कोभिड जोखिमको बहानामा सञ्चारकर्मीलाई बेतलबी बिदामा नराख्न र निष्कासन नगर्न सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय भएको महासचिव कृष्ण सारुमगरले जानकारी दिए । कोभिड बहानामा बेतलबी बिदामा राख्ने र निष्कासन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने समेत उनले चेतावनी दिए । कोभिड महामारीबाट प्रभावित सञ्चारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराइएको समेत उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...