नेपाल पत्रकार महासंघ बागमती प्रदेशले –यापिड रेस्पोन्स टिम बनाएको छ । समितिले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुपे –यापिड रेस्पोन्स टिम गठन गरेको हो । अध्यक्ष शिव देवकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको समितिका सदस्य ज्ञानु श्रेष्ठले जानकारी दिए । अध्यक्ष देबकोटाको अध्यक्षतामा शनिबारको भर्चुअल (जुम) बैठकले रेपिड रेस्पोन्स टिम गठन गरेको हो उनले जानकारी दिइन । उक्त टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (बिक), कोषाध्यक्ष रमेश ढुंगेल, कार्यसमिति सदस्यहरु प्रवीणदत्त, ज्ञानु श्रेष्ठ, काजी श्रेष्ठ, पेमा लामा, श्यामप्रसाद खतिवडा रहने निर्णय भएको समेत जानकारी दिइन । समितिीले सबै जिल्ला शाखाहरुलाई रेपिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीतिसाथ काम गर्न आग्रह गरिएको छ ।
कोभिडविरुद्ध खोप लगाउन बाँकी सञ्चारकर्मीलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएरमात्र कार्यक्षत्रमा खटिन आग्रह गरिएको छ । प्रदेश र जिल्लास्थित सम्बन्धित निकायलाई आवश्यक खोपको प्रवन्ध गरी समन्वयका लागि अनुरोध गरिएको छ । कोभिड जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित सञ्चारमाध्यमलाई महासंघले आग्रह गरेको छ । आफ्ना सञ्चारगृहका सञ्चारकर्मीलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन बैठकले निर्णयसहित आग्रह गरेको छ ।
कोभिड जोखिमको बहानामा सञ्चारकर्मीलाई बेतलबी बिदामा नराख्न र निष्कासन नगर्न सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय भएको महासचिव कृष्ण सारुमगरले जानकारी दिए । कोभिड बहानामा बेतलबी बिदामा राख्ने र निष्कासन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने समेत उनले चेतावनी दिए । कोभिड महामारीबाट प्रभावित सञ्चारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराइएको समेत उनले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...