बागमतीमा कांग्रेसको नेतृत्व द्वन्द्व टुंग्याउने मोडमा, लामाविरुद्धको अविश्वास प्रस्ताव आज प्रक्रियामा

हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा लामाविरुद्ध २१ जना बहुमत सांसदले प्रस्ताव दर्ता गरेका हुन्।

सांसदहरूले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गरेका छन्। संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार आज बिहान १० बजेदेखि प्रस्तावमाथिको प्रक्रिया अगाडि बढ्नेछ। संसदीय दलको कार्यालयले प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको सनाखत गराउने तयारी गरेको छ।

सोमबार राति मुख्यमन्त्री लामा र बानियाँ पक्षबीच १० बजेबाट प्रक्रिया अघि बढाउने सहमति भएपछि आजको दिन निर्णायक बन्ने देखिएको हो। बानियाँ पक्षले यो विषय तत्काल टुंगोमा पुर्‍याउनुपर्ने अडान राख्दै आएको छ भने लामा पक्षले मन्त्री काफ्लेको विदेश भ्रमण लगायतका कारण देखाउँदै ढिलो गर्ने प्रयास गरेको थियो।

पूर्वमन्त्रीहरू सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मदुकुमार श्रेष्ठले राजीनामा दिएर लामाविरुद्धको प्रस्तावमा समर्थन जनाएपछि राजनीतिक अवस्था थप जटिल बनेको हो। राजीनामापछि लामा आफैंले प्रदेश प्रमुखलाई उनीहरूलाई पदमुक्त गरिएको पत्र पठाएका थिए।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। दलको नेता बन्नका लागि कम्तीमा १९ सांसदको समर्थन आवश्यक पर्छ। अविश्वास प्रस्तावमाथि मतविभाजन हुँदा बहुमत जुटाउन नसके लामा नैतिक रूपमा मुख्यमन्त्री पदबाट हट्नुपर्ने दबाबमा पर्नेछन्। तर, बहुमत पुनः आफ्नो पक्षमा पार्न सके उनी पदमा यथावत रहनेछन्।

२०७९ पुस १३ गते संसदीय दलको नेताका लागि भएको निर्वाचनमा लामा २१ मत ल्याएर निर्वाचित भएका थिए भने बानियाँ १६ मतमा सीमित भएका थिए। पहिलो कार्यकालमा बानियाँ दलको नेता भए पनि मुख्यमन्त्री बन्न भने सकेका थिएनन्।

पार्टी केन्द्रले बागमतीको विवाद मिलाउन केन्द्रीय सदस्य राजन केसीलाई खटाएको छ। केसी आइतबारदेखि हेटौंडामा रहँदै दुबै पक्षसँग संवादमा जुटिरहेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...