बागमती कांग्रेसको संकट समाधान गर्न राजेन्द्र केसी खटिए, मुख्यमन्त्री लामाको सत्ता जोगाउने कसरत तीव्र

हेटौँडा । बागमती प्रदेशमा कांग्रेस भित्र चुलिएको सत्ता संघर्ष समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाएका छन् । आइतबार हेटौँडा पुगेका केसीले अविश्वास प्रस्तावका विषयमा संसदीय दलका नेताहरूसँग छलफल सुरु गरिसकेका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसका २१ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमतीमा राजनीतिक तनाब चुलिएको छ । कुल ३७ जना सांसदमध्ये एक चौथाइ सांसदको समर्थनमा प्रस्ताव दर्ता गर्ने व्यवस्था रहेकाले विधानअनुसार प्रक्रिया अघि बढाउन केसी हेटौँडा पुगेका छन् ।
राजेन्द्र केसीले भने, “पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा पठाएपछि म आफ्नो काममा लागेको छु । संसदीय दलमा उपलब्ध नेताहरूसँग छलफल गरिरहेको छु । सहमति नभए विधान अनुसार प्रक्रियाबाट टुंग्याइन्छ ।” कांग्रेस विधान अनुसार संसदीय दलको नेताका विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा पार्टीको केन्द्रीय प्रतिनिधिको उपस्थितिमा छलफल हुनुपर्ने व्यवस्था छ । सोमबार बस्ने संसदीय दलको बैठकमा सो प्रस्ताव माथि औपचारिक बहस हुनेछ ।
सत्ता जोगाउन मन्त्री पदको लोभ
अविश्वासको प्रस्ताव सामना गरिरहेका मुख्यमन्त्री लामा आफ्नो पद जोगाउन प्रयासरत छन् । उनले आफ्नै पक्षका चारजना मन्त्रीलाई पदमुक्त गर्दै बानियाँ पक्षका सांसदहरूलाई मन्त्रीको प्रस्ताव राखेका छन् । माया श्रेष्ठ र मीना पराजुलीलाई मन्त्री बनाउने तयारी भइरहेको लामाको सचिवालयको दाबी छ ।
संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले “राजनीतिक स्थिरता” को नाममा प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूसँग छलफल भइरहेको र आवश्यक परे मन्त्री पद दिएर पनि समर्थन जुटाउने बताए । कांग्रेस संसदीय दलको नेता बन्न १९ जना सांसदको बहुमत आवश्यक हुन्छ ।
‘राजीनामा दिन्न’ भन्ने लामाको अडान
मुख्यमन्त्री लामाले भने आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि राजीनामा नदिने स्पष्ट पारेका छन् । “म गठबन्धनको सहमति अनुसार मुख्यमन्त्री बनेको हुँ, मलाई कसैले चाहेर हटाउन सक्दैन,” उनले भने । उता, प्रस्ताव दर्ता गरेका बानियाँ पक्षका नेताहरूले पार्टी विधानअनुसार प्रक्रिया अघि बढेको र प्रस्ताव पास हुने दाबी गरिरहेका छन् । “सांसदहरूको असन्तुष्टि नै प्रस्तावको आधार हो,” नेता इन्द्रबहादुर बानियाँले भने ।
केसीको प्रयास निर्णायक मोडमा
केन्द्रीय पर्यवेक्षकको रूपमा खटिएका राजेन्द्र केसीले सहमति मार्फत समाधान खोज्ने प्रयास गरिरहेका छन् । उनले भने, “म प्रक्रिया व्यवस्थापनका लागि आएको हुँ, सहमति नभए विधान अनुसार निष्कर्षमा पुगिनेछ । हाम्रो विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुन सक्ने स्पष्ट व्यवस्था छ ।”
अब अविश्वास प्रस्ताव माथि दलभित्र मत विभाजन हुनेछ । बहुमत भए प्रस्ताव पास हुनेछ र नयाँ नेता चयन हुनेछ, नत्र वर्तमान नेतृत्व कायम रहनेछ

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...