रामेछाप । विश्वभर फैलिएको नयाँ भिरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) देश भरी रहेको र नगरपालिकामा समेत त्यसको असर परेको भन्दै रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३२ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको २०७८ साउन १६ गतेको निर्णयअनुसार नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगरपालिका बाट प्रर्वाह हुने स्वास्थ्य र फोहर मैला व्यवस्थापन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।