अनुदानको दुरुपयोग भयो ः समन्वय प्रमुख कार्की

Written by meropradesh creator

२६ आश्विन २०८०, शुक्रबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्की (खड्का)ले अनुदान रकम दुरुपयोग भएको बताएका छन् । कृषि ज्ञान केन्द्र रामेछाप र भेटनरी अस्पताल पशु सेवा केन्द्रको सिन्धुलीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अनुदान रकमको दुरुपयोग भएको बताउनु भयो । अनुदान रकम लिने तर अनुदान रकम सही कार्यान्वयन नभएको भन्दै अबका दिनमा अनुदान दिएपछि त्यसको निगरानी गर्नुपर्ने बताउनु भयो ।
प्रमुख कार्कीले कार्यक्रममा भने –बाख्रा तथा गाई पालनमा अनुदान रकम लिएको हुन्छ तर कृषक गोठ खाली हुन्छ । तरकारी तथा फलफूल उत्पादनका नाममा अनुदान वितरण हुन्छ कृषकको खेत बारी बाँझो हुन्छ । यसको निगरानी कसले गर्छ । यसको निगरानी हुनु पर्छ । असली कृषकले अनुदान पाउनु पर्छ । सम्बन्धित निकायले कृषक सही हो या हैन । स्थानीय तह र जनप्रतिनिधि सँग समन्वय गर्नु पर्छ । त्यसो भएको देखिँदैन । अब यस विषयमा सरोकार निकायले ध्यान दिनु पर्छ । समन्वय प्रमुखले भने ।
साथै लम्की रोग बाट १०९ वटा गाई मरेको भएपनी कृषकले कुनै सरकारको तर्फ बाट सहयोग नहुँदा गाई पालक कृषक समस्यामा परेको बताए । भेटनरी अस्पताल पशु सेवा केन्द्र सिन्धुलीमा रहेको हुँदा रामेछापलाई स्वास्थ्य गरेको गुनासोहरू आएको भन्दै गुनासो समेटेर आगामी दिनमा कार्यक्रम बनाउन पनि अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्ने क्रममा जिल्ला समन्वय उपप्रमुख प्रेम सागर थापा, सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला,लगायतले आगामी कार्यक्रमको सही कार्यान्वयनको लागी आग्रह गर्दै कार्यक्रममा आएका गुनासोको सुनुवाइ गर्न आग्रह गरेका छन् । कृषि ज्ञान केन्द्र रामेछाप र भेटनरी अस्पताल पशु सेवा केन्द्र सिन्धुलीले सरोकारवाला निकायहरूको उपस्थितिमा वार्षिक कार्यक्रम सार्वजनिक गोष्ठी शुक्रवार मन्थलीमा सम्पन्न गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...