‘अनसनपछि खिम्ती ग्रामीण विद्युत सहकारी अनलाइन महसुल प्रणाली लागू गर्न सहमत’


रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले उपभोक्ताका माग अनुसार विद्युत महसुल अनलाइनमार्फत तिर्न मिल्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । रामेछापको मन्थली नगरपालिका–१२ का उपभोक्ता सञ्जय बुढाथोकी आइतबारदेखि आमरण अनशनमा बसेपछि सोमबार सहकारी र बुढाथोकीबीच भएको छलफलमा उक्त सहमति बनेको हो । सहमति पश्चात् बुढाथोकीले अनशन तोडेका छन् ।
बुढाथोकीले विद्युत महसुल बुझाउन उपभोक्ताले लामो दूरी हिँड्नुपर्ने, लाइन लाग्ने, कार्यालय पुग्न नसक्ने समस्या भएकाले अनलाइन माध्यम उपलब्ध गराउनुपर्ने माग अघि सारेका थिए । साथै उनले विद्युत महसुल घटाउनुपर्ने अतिरिक्त माग पनि प्रस्तुत गरेका थिए । उपभोक्ताको सहजताका हिसाबले सहकारीले अनलाइन प्रणाली लागू गर्न सहमति जनाएको भए पनि महशुल घटाउने विषय अहिले नै निर्णय गर्न नसकिने सहकारीका अध्यक्ष नानीबाबु बस्नेतले स्पष्ट पारेका छन् ।
दुवै पक्षबीच पुगेको सहमति अनुसार सहकारीले आगामी २०८३ साल वैशाखदेखि अनलाइनमार्फत महसुल तिर्न मिल्ने व्यवस्था कार्यान्वयन गर्नेछ । त्यससँगै आवश्यक स्थानमा अतिरिक्त महसुल संकलन केन्द्र खोल्ने, मिटर रिडरमार्फत पनि बिल बुझाउन सकिने व्यवस्था मिलाउने र आकस्मिक मर्मतका लागि तत्काल टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ । सहकारीले जारी गरेको विज्ञप्तिमा यी सबै निर्णयहरू आगामी वैशाखदेखि पूर्णरूपमा लागू हुने उल्लेख छ । स्थानीय उपभोक्ताका समस्या सुनेर सहकारीले गरेको निर्णयले विद्युत सेवा थप सहज, आधुनिक र पहुँचयोग्य हुने अपेक्षा गरिएको बुढाथोकीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...