‘अनसनपछि खिम्ती ग्रामीण विद्युत सहकारी अनलाइन महसुल प्रणाली लागू गर्न सहमत’


रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले उपभोक्ताका माग अनुसार विद्युत महसुल अनलाइनमार्फत तिर्न मिल्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । रामेछापको मन्थली नगरपालिका–१२ का उपभोक्ता सञ्जय बुढाथोकी आइतबारदेखि आमरण अनशनमा बसेपछि सोमबार सहकारी र बुढाथोकीबीच भएको छलफलमा उक्त सहमति बनेको हो । सहमति पश्चात् बुढाथोकीले अनशन तोडेका छन् ।
बुढाथोकीले विद्युत महसुल बुझाउन उपभोक्ताले लामो दूरी हिँड्नुपर्ने, लाइन लाग्ने, कार्यालय पुग्न नसक्ने समस्या भएकाले अनलाइन माध्यम उपलब्ध गराउनुपर्ने माग अघि सारेका थिए । साथै उनले विद्युत महसुल घटाउनुपर्ने अतिरिक्त माग पनि प्रस्तुत गरेका थिए । उपभोक्ताको सहजताका हिसाबले सहकारीले अनलाइन प्रणाली लागू गर्न सहमति जनाएको भए पनि महशुल घटाउने विषय अहिले नै निर्णय गर्न नसकिने सहकारीका अध्यक्ष नानीबाबु बस्नेतले स्पष्ट पारेका छन् ।
दुवै पक्षबीच पुगेको सहमति अनुसार सहकारीले आगामी २०८३ साल वैशाखदेखि अनलाइनमार्फत महसुल तिर्न मिल्ने व्यवस्था कार्यान्वयन गर्नेछ । त्यससँगै आवश्यक स्थानमा अतिरिक्त महसुल संकलन केन्द्र खोल्ने, मिटर रिडरमार्फत पनि बिल बुझाउन सकिने व्यवस्था मिलाउने र आकस्मिक मर्मतका लागि तत्काल टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ । सहकारीले जारी गरेको विज्ञप्तिमा यी सबै निर्णयहरू आगामी वैशाखदेखि पूर्णरूपमा लागू हुने उल्लेख छ । स्थानीय उपभोक्ताका समस्या सुनेर सहकारीले गरेको निर्णयले विद्युत सेवा थप सहज, आधुनिक र पहुँचयोग्य हुने अपेक्षा गरिएको बुढाथोकीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...