रामेछाप । अविरल वर्षादका कारण रामेछाप जिल्लाको ठाउँ ठाउँमा जमिन भासिने र पहिरो जाने समस्याले विभिन्न ठाउँका बस्तिहरु जोखिममा परेका छन् । गए राति गएको पहिरोले दोरम्बाको लखनपुर,खाडादेवी,रामेछाप नगरपालीका लगायतका विभिन्न स्थानमा दर्जनौ बस्ति जोखिममा परेका छन् । पहिरो जानुका कारण अधिकाँश नयाँ सडकको असुरक्षित र अब्यवस्स्थीत विस्तार मुख्य कारण भएको अनुमान सर्वसाधारणले गरेका छन् ।
दोरम्बा गाउँपालिका–६ लखनपुरमा मध्य पहाडी सडक खण्ड अन्र्तगत शैलुङ्ग क्ष्ोत्रलाई लक्षित गरि खनिएको सडकको माथिल्लो र तलको भाग चर्किदा त्यस क्षेत्रका करिब २५ घर परिवार जोखिममा परेको स्थानिय शिक्षक वलराम गौतमले जानकारी दिनु भयो दिए । रातिको समयमा अविरल वर्षाद हुँदा सो क्षेत्रको गैराटोल डाँडाटोल र दलित टोल सबै भन्दा बढि प्रभावित भएको पनि शिक्षक गौतमले जानकारी दिए ।
त्यसैगरि अविरल वर्षाद संगै जमिन भासिदा खाँडादेवी गाउँपालिका वडा ७ खाँडादेवीका १९ घरपरिवार पहिरोको उच्च जोखिम्ममा परेका छन् । केही दिनदेखिको निरन्तरको वर्षाले क्षेती पुर्याउदा गाउँको एउटा टोलनै जोखिम्ममा परेको स्थानीयहरुले बताएका छन् । खाँडादेवी गाउँपालिकामा दुई घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । प्रहरीको अनुसार १९ घर पहिरोको उच्च जोखिम्म परेको खबर आएको जानकारी दिए । घटनामा क्षती नभैपनी अन्यन्त्र राखीएको जनाएको छ । बिहिबार राती आएको अबिरल वर्षाको कारण खाँडादेवी गाउँपालिका–९ पिङखुरीको आसमान तामाङको ढुंगा माटोले बनेको गोठमा माथिबाट पहिरो आई गोठ भत्कन जाँदा गोठमा रहेको ९ वटा बाख्रा, १० वटा कुखुरा मरी क्षती भएको भनि पनी प्रहरीले जनाएको छ ।
त्यस्तैगरी मन्थली नगरपालिका–१ बसपार्कमा पनी बिहिबार रातको समयमा परेको अविरल बर्षाको कारण हिरा बहादुर माझीको पक्की तिन तल्ले घर चर्केर कोल्टे पर्नुका साथै एक तला जमिन मुनी भासिन पुगेको छ । घर लडेमा बाटो अवरोध हुने भन्दै नगरपालिका र जिल्ला प्रहरीको टोलीले उक्त घर भत्काउन थालेको छ । त्यसैगरि मन्थली नगरपालिका वडा नं ११ गेलु,नाटिला खमारेका ५ घर उच्च पहिरोको उच्च जोखिम्म परेका हुन् । “अहिले दुई घरका परिवारले भने घर छाडिसकेका र अन्य घरको हकमा भने दिन भरि वाहिर बसेर काम गर्ने र राति भने आफ्नतहरुकोमा बास बस्न जाने गरेका छन् ।