अधिकाँश नयाँ सडककाकारण रामेछापका दर्जनौ घर जाखिममा

Written by meropradesh creator

१६ श्रावण २०७८, शनिबार

रामेछाप । अविरल वर्षादका कारण रामेछाप जिल्लाको ठाउँ ठाउँमा जमिन भासिने र पहिरो जाने समस्याले विभिन्न ठाउँका बस्तिहरु जोखिममा परेका छन् । गए राति गएको पहिरोले दोरम्बाको लखनपुर,खाडादेवी,रामेछाप नगरपालीका लगायतका विभिन्न स्थानमा दर्जनौ बस्ति जोखिममा परेका छन् । पहिरो जानुका कारण अधिकाँश नयाँ सडकको असुरक्षित र अब्यवस्स्थीत विस्तार मुख्य कारण भएको अनुमान सर्वसाधारणले गरेका छन् ।
दोरम्बा गाउँपालिका–६ लखनपुरमा मध्य पहाडी सडक खण्ड अन्र्तगत शैलुङ्ग क्ष्ोत्रलाई लक्षित गरि खनिएको सडकको माथिल्लो र तलको भाग चर्किदा त्यस क्षेत्रका करिब २५ घर परिवार जोखिममा परेको स्थानिय शिक्षक वलराम गौतमले जानकारी दिनु भयो दिए । रातिको समयमा अविरल वर्षाद हुँदा सो क्षेत्रको गैराटोल डाँडाटोल र दलित टोल सबै भन्दा बढि प्रभावित भएको पनि शिक्षक गौतमले जानकारी दिए ।
त्यसैगरि अविरल वर्षाद संगै जमिन भासिदा खाँडादेवी गाउँपालिका वडा ७ खाँडादेवीका १९ घरपरिवार पहिरोको उच्च जोखिम्ममा परेका छन् । केही दिनदेखिको निरन्तरको वर्षाले क्षेती पुर्याउदा गाउँको एउटा टोलनै जोखिम्ममा परेको स्थानीयहरुले बताएका छन् । खाँडादेवी गाउँपालिकामा दुई घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । प्रहरीको अनुसार १९ घर पहिरोको उच्च जोखिम्म परेको खबर आएको जानकारी दिए । घटनामा क्षती नभैपनी अन्यन्त्र राखीएको जनाएको छ । बिहिबार राती आएको अबिरल वर्षाको कारण खाँडादेवी गाउँपालिका–९ पिङखुरीको आसमान तामाङको ढुंगा माटोले बनेको गोठमा माथिबाट पहिरो आई गोठ भत्कन जाँदा गोठमा रहेको ९ वटा बाख्रा, १० वटा कुखुरा मरी क्षती भएको भनि पनी प्रहरीले जनाएको छ ।
त्यस्तैगरी मन्थली नगरपालिका–१ बसपार्कमा पनी बिहिबार रातको समयमा परेको अविरल बर्षाको कारण हिरा बहादुर माझीको पक्की तिन तल्ले घर चर्केर कोल्टे पर्नुका साथै एक तला जमिन मुनी भासिन पुगेको छ । घर लडेमा बाटो अवरोध हुने भन्दै नगरपालिका र जिल्ला प्रहरीको टोलीले उक्त घर भत्काउन थालेको छ । त्यसैगरि मन्थली नगरपालिका वडा नं ११ गेलु,नाटिला खमारेका ५ घर उच्च पहिरोको उच्च जोखिम्म परेका हुन् । “अहिले दुई घरका परिवारले भने घर छाडिसकेका र अन्य घरको हकमा भने दिन भरि वाहिर बसेर काम गर्ने र राति भने आफ्नतहरुकोमा बास बस्न जाने गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...