आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव पारित गर्दै उनले संसद्ले विधेयकलाई व्यावहारिक, पारदर्शी र सर्वसमावेशी बनाएको बताउँदै यसलाई ऐतिहासिक प्रस्थानका रूपमा लिने उल्लेख गरे ।

नयाँ व्यवस्थाअनुसार नेपालको नागरिक आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गर्ने तर बाबुको पहिचान नभएको अवस्थामा पनि वंशजको नागरिकता पाउन सकिनेछ । यस्तै, आमाबाट नेपालमा जन्मिएर विदेशमा स्थायी बसोबास गर्ने तर विदेशी नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएकालाई अंगीकृत नागरिकता दिने प्रावधान पनि विधेयकमा राखिएको छ ।

त्यसैगरी, नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुमध्ये कुनै एकको नाम, थर वा ठेगाना उल्लेख गर्न नचाहने व्यक्तिलाई निवेदनका आधारमा त्यस्तो विवरण उल्लेख नगरी नागरिकता प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको छ ।

विधेयकले नाबालकलाई पनि विशेष व्यवस्था गरेको छ । अब बाबु वा आमामध्ये एक जना नेपाली नागरिक भएका नाबालकले नाबालक परिचयपत्र पाउनेछन् । यस्तै, बाबु वा आमामध्ये कुनै एकले जन्मसिद्ध नागरिकता प्राप्त गरेको तर अर्कोको मृत्यु वा सम्पर्कविहीनताको अवस्था रहेमा सन्तानलाई अंगीकृत नागरिकता दिने प्रावधान गरिएको छ ।

गृहमन्त्री लेखकले विधेयकमार्फत लामो समयदेखि विवादित रहेको नागरिकताको विषयमा ऐतिहासिक कदम चालिएको बताउँदै सबै दल र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...

अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली - रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...