नेकपा एमाले रामेछाप जिल्ला अधिवेशनको तयारीमा

११ बैशाख २०८१, मंगलवार

रामेछाप । नेकपा एमाले रामेछाप नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेकपा एमालेको भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट वैशाख १५ गते हुने छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो ।

पार्टीको अधिवेशन नजिकिए सँगै एमालेको वडा कमिटीदेखि जिल्ला कमिटी तथा सबै जनवर्गिय सङ्गठनहरू पनि आ आफ्नो तयारीमा जुटेका छन् । बैठकको निर्णय अनुसार जनसङ्गठनका प्रतिनिधि छनोट कार्य वैशाख १७ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने छ । जिल्ला अधिवेशन उद्घाटन वैशाख २६ गते मन्थली स्थित तीनलाल पार्कमा हुने एमाले रामेछापले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू र पालिका कमिटीका अध्यक्षहरू रहेको १५२ सदस्यीय ९ औँ जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । मूल व्यवस्थापन समितिको कामलाई थप व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ । पार्टी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा साङ्गठनिक, राजनैतिक प्रतिवेदन, प्रस्ताव मस्यौदा उपसमिति बनेको छ । त्यस्तै उपाध्यक्ष इन्द्रबहादुर तामाङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिव पुरुषोत्तम कडरियालाई दिइएको छ । प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी उपसचिव प्रकाशकुमार कार्कीले पाएका छन् । आवास एवम् खाद्य व्यवस्थापन उपसमितिको संयोजक अर्का उपसचिव होतराज ढकाल, आर्थिक प्रतिवेदन मस्यौदा उपसमितिको संयोजन वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख रामप्रसाद देवकोटाले पाएका छन् ।

आर्थिक उपसमितिको संयोजक पार्टी अध्यक्ष आनन्द श्रेष्ठ आफैँ रहेका छन् । सदस्यमा जिल्ला कमिटी पदाधिकारीहरू र वित्त तथा कोष व्यवस्थापन विभाग रहेका छन् । मञ्च तथा हल व्यवस्थापन उपसमितिको जिम्मेवारी मिलन घिसिङ संयोजक रहेको उपसमितिले पाएको छ । स्वयंसेवक परिचालन उपसमिति संयोजकको जिम्मेवारी उज्ज्वल सुवेदीलाई दिएको छ । प्रतिनिधि छनौटका लागी वडा निर्वाचन क्षेत्र तोकिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...