डोनाल्ड ट्रम्प पक्राउ

Written by meropradesh creator

२२ चैत्र २०७९, बुधबार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पलाई अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप लागेको छ ।

सोहि आरोपमा उनलाई गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसी समाचारमा उल्लेख छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध ¥याली निकाल्ने कोसिस गरेका थिए । ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।

७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनी मंगलबार दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर अदालत गएका थिए ।

उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेका छन् । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...