बिवादीत प्रजिअ शर्माको बिदाई

Written by meropradesh creator

६ पुष २०७७, सोमबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सोमबार बिदाई भएको छ । उनको हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरुवा भएको हो । शर्मा एकवर्ष अघि रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएकी थिइन । उनको कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
प्रजिअ शर्मा कार्यालयमा हाजिर भएयता बिभिन्न विषयमा उनी बिबादमा परेकी थिइन । कोरोना महामारीको समयमा मन्थली नगरपालिकाले कोरोनाबाट बच्न औषधी र स्वास्थ्य सामाग्री लिन सवारीसाधन काठमाण्डौं पठाउन मागेको पास प्रजिअ शर्माले नदिएपछि उनी बिवादमा परेकी थिइन । सवारी पास नदिएको बिषयमा प्रजिअ शर्माको चौतर्फी रुपमा बिरोध भएको थियो । प्रशासनले सवारी पास नदिएपछि वैकल्पीक माध्यमवाट पालिकाले आवश्यक औषधी र स्वास्थ्य सामाग्री जिल्लामा झिकाएको थियो ।
त्यसैगरी कोरोना महामारीको जोखिम कम भएको भन्दै मन्थली नगरपालिकाले सामुदायिक विद्यालय संञ्चालन गर्न विद्यालयलाई पत्राचार गरेको थियो । सो पत्रको बिषयमा प्रजिअले कोरोना संक्रमणको समयमा बिद्यालय नखोल्न यदी खोलेमा आवश्यक कारवाही गर्ने भन्दै मन्थली नगरपालिकालाई पत्राचार गरेकी थिइन । सोही बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी शर्माको दोहोरी चलेको थियो । मन्थली नगरपालिकाले प्रजिअको पत्रको बेवास्ता गर्दै सबै सामुदायिक विद्यालयहरुको पठनपाठन सामाजिक दुरी कायम गरि संचालन गर्न पत्राचार गरेपछि विद्यालयहरु नियमित संचालनमा आएका थिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापमा दलित नाता प्रमाणित गर्न पुगेकी एक युवतीलाई नाता प्रमाणित नगर्दा उनी विवादमा मुछिएकी थिइन । दलित युवतीले आवश्यक सबै कागजात लिएर प्रशासन कार्यालयमा जाँदा समेत दलित प्रमाणित नगरेपछि धेरै सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशित भएपछि प्रशासन कार्यालयले ती युवतीलाइ एकहप्ता भित्रै कार्यालयमा बोलाएर दलित प्रमाणित गरेर सिफारिस पत्र प्रदान गरेको थियो ।
हाल रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा रामेछापकै स्थानिय बासिन्दा अर्जुनकुमार शर्मा आजै हाजिर हुने कार्यालय श्रोतले जनाएको छ । प्रजिअ शर्मा पाँचथर जिल्ला प्रशासन कार्यालयवाट आउने भएका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...