नाम मात्रैको निःशुल्क इन्टरनेट

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप । नेपाल दुरसंञ्चार प्राधिकरणले सवै स्थानिय तहहरुमा निःशुल्क इन्टरनेट सुविधा पुर्याउने प्रतिवद्धता जनाएको लामो समय बितिसक्दा पनि रामेछापका स्थानिय तहहरुमा उक्त सेवा पुग्न सकेको छैन् ।
प्राधिकरणले जिल्लाका स्थानिय निकायका वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएको थियो । तर रामेछापमा भने ती सेवाहरु पुग्न सकेको छैन् । नेपाल दुरसञ्चार प्राधिकरणले रामेछापमा ५१२ केबिस ब्रोडब्याण्ड इन्टरनेट सेवा मार्फत दुई वर्ष भित्र जिल्लाका सवै माध्यमिक विद्यालयहरु, स्वास्थ्य संस्था, नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुमा पुर्याउने योजना अघि सारेको थियो ।
नेपाल दुरसञ्चार प्राधिकरणले रामेछापका स्थानिय तहहरु, स्वास्थ्य चौकीहरु र सामुदायिक माध्यमिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न काठमाण्डौंमा रहेको मर्कनटाइन कम्युनिकेशन प्रा.लि.लाई जिम्मेवारी दिएको थियो । उक्त कम्पनिले जिल्लाका सवै स्थानियतह, वडा कार्यालयहरु, सामुदायिक माध्यमिक विद्यालयहरु र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट सेवा जडान गरिसकेको प्रतिवेदन दुरसञ्चार प्राधिकरणलाई बुझाई सकेको छ तर रामेछापका सवै स्थान उक्त सेवा दुई वर्ष बितिसक्दा पनि पुग्न भने सकेको छैन् ।
दुरसंञ्चार प्राधिकरणले निःशुल्क इन्टरनेट सेवा आफ्नो गाउँपालिका कार्यालय र ६ वटा वडा कार्यालयहरु कही पनि जडान नभएको गोकुलगंगा गाउँपालिकाको कार्यालय रस्नालुका आइटी इन्जिनियर संजय सुनुवारले जानकारी दिए । उनले भने– हाम्रो गाउँपालिका भित्र कुनै पनि वडा कार्यालयमा निःशुल्क इन्टरनेट सेवा जडान भएको छैन् । यदी कोही कसैले निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ भन्छ भने त्यहो गलत हो ।
प्राधिकरणले निःशुल्क इन्टरनेट सेवा सामुदायिक विद्यालयहरुमा दिन्छ भन्ने सूचना थाहा पाएर पटकपटक इन्टरनेट जडान गरिदिन माग गर्दा समेत विद्यालयले पाउन नसकेको जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयका प्रध्यानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए । उनले भने– मैले धेरै पटक विद्यालयमा जडान गरिदिनुस भनेर अनुरोध गरे । हाम्रो अनुरोध नत प्राधिकरणले सुन्यो नत कम्पनीमा कार्यरतक कर्मचारीहरुले नै, हाल हामीले मासिक रुपैयाँ तिरेर इन्टरनेट सेवा संचालन गर्दै आएको प्रअ दाहालले बताए ।
यता जिल्लाका सवै स्वास्थ्य चौकीहरुमा समेत इन्टरनेट पुर्याउने प्रतिवद्धता जनाएको नेपाल दुरसंञ्चार प्राधिकरणले स्वास्थ्य चौकीमा समेत उक्त सेवा पुर्याउन सकेको छैन् । जिल्लाका एक÷दुईवटा स्वास्थ्य चौकीमा सेवा पुर्याए पनि जडान गरेको केही दिनवाट नै सेवा वन्द भएपछि अर्को इन्टरनेट जोड्न वाध्य भएका छन् । मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा जडान गरिएको निःशूल्क इन्टरनेट सेवा जडान गरेको एक महिना पनि नचलेपछि कार्यालयले पैसा तिरेर छुट्टै नेट कार्यालयमा जडान गरेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका हेल्थ असिस्टेन्ट युवराज सापकोटाले जानकारी दिए ।
जिल्लामा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने कम्पनीले धेरै स्थानिय तहहरु, वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य चौकीहरुमा जडान नगरेको भन्ने गुनासो पटक–पटक कार्यालयमा पनि आउने गरेको नेपाल टेलिकम मन्थली शाखाका प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनले भने– यो नेपाल दुरसञ्चार प्राधिकरणले सिधै प्राइभेट कम्पनि मार्फत काम गराएकाले यस बिषयमा जिल्लामा रहेको टेलिकम कार्यालयमा कुनै जानकारी नै नभएको बताए ।
कम्पनीले जडान गरेका केही स्थानहरुमा जडान भएको केही महिना देखी नै उक्त सेवा वन्द भएको भन्दै कार्यालयमा गुनासो गर्ने र कार्यालयमा धाउनेको संख्या धेरै रहेको नेपाल टेलिकम मन्थली शाखाले जनाएको छ ।
यस वारेमा मर्कनटाइन कम्युनिकेशन प्रा.लि.काठमाण्डौंमा सम्र्पक गर्दा टेक्निकल अफिसर नारद कार्कीले नेपाल दुरसंञ्चार प्राधिकरणले दिएको निर्देशन अनुसार आफ्नो कम्पनीले काम गरेकाले सवै स्थानिय तहहरुसम्म पुग्न नसकेको जानकारी दिए । उनले भने– इन्टरनेट स्लो हुनुमा क्षमता नै कम भएको उपकरण प्रयोग भएकाले एक दुईवटा डेक्सटप कम्प्युटर वाहेक चल्न नसक्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...