खाँडादेवी गाउँपालिकामा निःशुल्क इन्टरनेट

Written by meropradesh creator

१४ फाल्गुन २०७८, शनिबार

रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरेको छ । शुक्रबार देखी गाउँपालिकाले गाउँपालिका भित्र रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरण र यरोनेट संग सम्झौता गरी निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । अप्टीकल फाइबार मार्फत सवै विद्यालय र समुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको छ । शुक्रबार बागमती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले संयुक्तरुपमा निशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् ।
निःशुल्क इन्टरनेट सुवा सञ्चालन पछी सांसद पौडेलले प्रविधिको उचित प्रयोग गरी आफ्नो सेवालाई सुधार गरी प्रभावकारी बनाउन सामुदायिक विद्यालय तथा संस्थाहरुलाई आग्रह गरे । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यलय र संस्थाहरुको सेवा प्रवाहमा राम्रो सुधार हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा शिक्षक महासंघ रामेछापका अध्यक्ष रामबहादुर श्रेष्ठ, उपाध्यक्ष चक्रलाल श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आधुनिक प्रविधिको युगमा निशुल्क गरिएको इन्टरनेट सेवाले सहयोग पुग्ने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...