हुलाकको प्रभावकारीता घट्यो

Written by meropradesh creator

२९ माघ २०७८, शनिबार

रामेछाप । घरघरमा चिठ्ठीपत्र पुर्याएर नागरिकहरुका आफन्तहरुको समाचार आदान–प्रदान गर्ने मुख्य जिम्मेवारी लिएको हुलाक कार्यालयको प्रभावकारीता पछिल्लो समयमा घट्दै गएको छ ।

बिगतको वर्षहरुमा जिल्लाका विकट गाउँहरुसम्म चिठीपत्र र उनीहरुको आफन्तहरुले पठाएका रजिष्ट्रि चिठ्ठीहरु डाँकसेवा मार्फत घरघरमा पुर्याउनका लागि सरकारले स्थापना गरेको हुलाक कार्यालयको कामहरु वढ्दो प्रबृधी मैत्रीको विकाससँगै अप्रभावकारी हुँदै गएका हुन् । पंञ्चायतकालदेखी नै सेवा आरम्भ गरेको हुलाक कार्यालयले जिल्ला हुलाकको अलावा साविकका गाविस पिच्छे माताहत हुलाक स्थापना गरी कर्मचारी मार्फत काम गर्दै आएको थियो ।

अहिले कुनै पनि हुलाकका कर्मचारीहरु पत्र बोकेर कसैको घरमा जान छाडेको स्थानियहरुको भनाई रहेको छ । लामो समयदेखी हुलाक सेवाको भरमा आफन्तको चिठ्ठी चपेटामा भर गर्दै आएका मन्थली नगरपालिका–१ का हरिकृष्ण दाहाल भन्छन्– पहिला त हाम्रा लागि हुलाक सेवाले गर्ने काम निकै प्रभावकारी थियो । तर अहिले हुलाकका कर्मचारीहरुसँग भेट गर्न नपाएको दश वर्षजति भएको उनको भनाई छ । हाम्रो काम हुलाकसँग नभएपछि हामी हुलाक पनि जान छाडेका छौं भने हामीसँग हुलाकको काम नभएपछि हुलाकका कर्मचारीहरु पनि हाम्रो घरतिर आउन छाडेका छन् ।

प्रबृधिको विकाससँगै सबैजसोका आफन्तहरु रोजगारको लागि बाहिरी जिल्लामा बसेर पठाउँदै आएका पत्रको अन्त भएसँगै पनि हुलाक मार्फत पत्राचार गर्ने चलनको अन्त्य भएको छ । मोबाइल र इन्टरनेट सेवा गाउँगाउँमा पुगेसँगै हुलाकमा काम गर्ने सबै कर्मचारीहरु फुर्सदिला भएपछि कार्यालयमा रहेका कर्मचारीहरु काम बिहिन भएका छन् । अधिकासंले डिउटी मिलाएर घरमा नै बस्ने गरेका छन् भने कार्यालयमा बस्नेहरुले पनि घाम तापेर समय पास गर्ने गरेका छन् ।

हाल जिल्ला हुलाक कार्यालय रामेछापमा १८ जना हल्कारा र ३२ जना हुलाकी कार्यरत रहेका छन् । त्यसवाहेक १० वटा इलाका हुलाक र ४४ वटा अतिरित्त हुलाकमा गरी १ सय २९ जना डाँक बाहक र पत्र बितरक प्रतिनिधि रहेका छन् । उनीहरु सबैजसो फुर्सदिलो अवस्थामा दिन काट्दै आएका छन् । तर कार्यालयले भने आफ्ना कर्मचारीहरुको डिउटी व्यवस्थापनको प्रक्रियालाई मिलाएको दावी गर्दै आएको छ ।

यसवारेमा कार्यालयसँग सम्र्पक गर्दा कार्यालय प्रमुखको फोन सम्र्पक हुननसके पनि कार्यालयको श्रोतले बिगतको तुलनामा अहिले आफ्ना कर्मचारीहरुको काममा खासै लोड नभएपनि उनीहरुलाई सम्वन्धित हुलाक कार्यालयमा नियमित डिउटी जानुपर्ने अवस्था भने रहेको छ । श्रोतका अनुसार बिशेष गरी सरकारी तथा गैरसरकारी संस्था, बित्तिय संस्थाहरुको कहिलेकाहीँ हुलाक मार्फत डकुमेन्ट आउने गरेकाले र एउटै मात्रा भएपनि बोकेर गाउँमा पुग्नुपर्ने अवस्था भने अहिले पनि रहेको सो कार्यालयले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...