कृष्णनगरका मेयर शाह हजारौं कार्यकर्ता सहित कांग्रेसमा प्रवेश

Written by meropradesh creator

२२ माघ २०७८, शनिबार

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह एक हजार भन्दा बढी कार्यकर्ता सहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमुख शाह हजार भन्दा बढी कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रबेश गरेका हुन । नगरप्रमुख शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावारी दिएर विजय भएका थिए ।
शनिवार आफनै निवास वहादुरगंजमा एक कार्यक्रमका विच वडा अध्यक्ष सहित करिव ४ हजार समर्थक सहित शाह नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जानकारी दिएको छ । शाहलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गरेका छन् । सभापति पुनले नगरप्रमुख शाहको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु क्षेत्र न ३ मा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गरेका छन् ।
नगरप्रमुख शाहलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , प्रतिनिधि शभा सदस्यहरु अभिषेक प्रताप शाह , अतहर कलाम , जिल्ला सभापति अव्दुल कलाम सहितका नेताहरुले सुभकामना व्यतm गरेका छन । नवप्रवेशि नगरप्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाई भएको बताएका छन् । केन्द्र देखि स्थानीय तह सम्म विभिन्न पार्टिका सरकार भएकाले आफु स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागी सहयोग प्राप्त गर्न नसकेको दुखेसो व्यतm गरे ।
शाहले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताएका छन् । शाह संगै नगरपालीका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी , पार्टिका प्रभावशाली नेता चर्तुभुज कहांर , सहित विभिन्न पार्टि परित्याग गरि ४ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...