जिल्ला सहकारी संघमा–ढुंगेल

Written by meropradesh creator

२० माघ २०७८, बिहीबार

रामेछाप । जिल्ला सहकारी संघ रामेछापको बुधवार सदरमुकाम मन्थलीमा सम्पन्न चौथो बार्षिक साधारणसभाले हिमाल ढुंगेलको अध्क्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
नयाँ बनेको समितिमा उपाध्यक्षमा श्याम थापा, सचिवमा नविन घिमिरे र सचिबमा योगेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः दिलिप भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी बुढाथोकी र मेनुका महत निर्वाचित भएका छन् । त्यस्तै संघको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा छत्रबिर श्रेष्ठ तथा सदस्यमा घना श्रेष्ठ र रबिन्द्र श्रेष्ठ रहेका छन् ।


कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष कोमल शंकर घिमिरेको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुअ अतिथि बस्नेतले बिगतमा झोलामा बोकेर सहकारी चलाएको जस्तो अब नहुने भन्दै मन्थली नगरपालिकाभित्र संचालित सबै सहकारीहरु संचालन हुन सहकारी ऐन अनुसारको निती र विधी पालना गरेर मात्रै संचालन गनुपर्ने र यसका लागि नगरपालिकाले सहकारीलाई गर्ने सहयोग सदैब रहने बताए ।
संघको चौथो साधारणसभाको अवसरमा सहभागी भएका जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, जुनार सहकारी संघ र नेपाल पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरुले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...