खाँडादेवी ५ मा कांग्रेसको वडा भेला सम्मपन्न ः एमाले नेता कांग्रेसमा प्रबेश

Written by meropradesh creator

८ माघ २०७८, शनिबार

रामेछाप । खाँडादेबी गाउँपालिका–५ पकरबासमा नेपाली कांग्रेसको वडा भेला सम्पन्न भएको छ । वडा भेलामा नेकपा एमालेको नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेकपा एमाले परित्याग गरी अर्जुन नेपाली, आकाश नेपाली, सुब्बा नेपाली, वीर बहादुर श्रेष्ठ लगाएत नेता तथा कार्यकर्ता काग्रेसमा प्रबेश गरेको हाे । पार्टी प्रबेश पछी सुब्बा नेपाली र बिर बहादुर श्रेष्ठले नेकपा एमालेले झुटा आश्वसन दिने बाहेक कुनै काम नगरेको बताए । उनिहरुले भने केहि गर्छ भन्ने आशामा लामो समय सम्म नेकपा एमाले लाई सपोर्ट गदै आयौं तर गर्ने भन्दा बिगार्ने काम मात्र गरेकोले एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रबेश गरेको उनीहरुले बताए ।

इकाइ सभापती बिराज श्रेष्ठको अध्यक्षतामा भएको भेलामा पार्टी प्रबेश गराउदै नेपाली कांग्रेसका युवा नेता तथा महाधिबेसन प्रतिनिधी रत्नहरी ढुङगेलले नेपाली कांग्रेस अब स्थानिय तहको निर्वाचनमा लागी सकेको बताएका छन् । युबा नेता ढुङगेलले नेकपा एमालेले सुशासन र नैतिकता ५ बर्षको अबधिमा भुलेको बताएका छन् । एमालेले समाजमा दन्द्ध गराउनका साथै आफ्ना अघिपछी हिड्ने कार्यकर्तालाई मलजल गर्ने भन्दा दोस्रो काम नगरेको बताए । अब आउने निर्वाचनमा कांग्रेसले रामेछापको २ नगरपालिका र ६ वटै गाउँपालिकामा निर्वाचितहुने गरी लागी परेको भन्दै कांग्रेसलाई जिस्काउने काम नगर्न एमाले लाई आग्रह समेत गरे । एमालेले ५ बर्षको अबधीमा कुन क्षेत्रमा कती भ्रष्टचार र अनियमितता गरेको छ सबै हिसाब गरेर कांग्रेस बसेको छ अब त्यसको प्रर्दाफास गर्ने बेला आएको छ नेता ढुङगेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...