रामेछापमा मासिक १० करोडको चामल आयात

Written by meropradesh creator

७ माघ २०७८, शुक्रबार

रामेछाप । जिल्लामा प्रयाप्त मात्रामा खाद्यान्न उत्पादन नहुँदा रामेछापमा मासिक १० करोड रुपैयाँ बराबरको चामल आयात हुँदै आएको छ ।

रामेछापमा खेती योग्य जमिन भए पनि खाद्यान्न उत्पादनमा वर्षेनी गिरावट आएसँगै चामल, मकै, गहुँ लगाएत खाद्यान्नमा बाहिरी जिल्लाको भर पर्नुपर्ने वाध्यता रहेको छ । अहिले जिल्लामा मासिक २ हजार टन खाद्यान्न आयात हुँदै आएको छ । आयातित सवै खाद्यान्न एक महिनाभित्रै विक्रिवितरण हुँने गरेको छ । अहिले गाउँगाउँमा मोटरवाटो पुगेसँगै तराईका जिल्लाबाट आयातित खाद्यान्न गाउँगाउँ पुग्ने गरेका छन् ।

तराईवाट सिधा सडक मार्ग जोडिएपछि रामेछापमा अहिले जनकपुर, बयलवास, सिराहा, सलार्ही, धनुषा लगाएतका ठाउँवाट चामलहरु आयात हुँदै आएको छ । पछिल्लो समय जिल्लामा बढि मात्रामा सबैको रोजाईमा परेको चामल सोना मन्सुली रहेको श्याम स्र्टोसका प्रोपाइटर श्याम थापाले जानकारी दिए ।

उनले भने– तराईका विभिन्न जिल्लाहरुवाट विभिन्न ब्राण्डका चामलहरु आयात हुने गरेको भएता सबैको रोजाईमा सोना मन्सुली चामल नै पर्ने गरेको छ । पछिल्लो समय जिल्लामा चामल, मकै, चिउराको माग अत्याधिक छ । वजारमा माग अनुसारको खाद्यान्न सामाग्री पुर्याउन समस्या भएको थापाले बताए ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तह रहेको रामेछापमा १५ सय ६४.३२ वर्ग कि.मि. क्षेत्रफल रहेकोमा ५० हजार ९ सय ८ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन रहेको भएता पनि धेरैजसो जमिन बाँझै रहेको कृषि ज्ञान केन्द्र रामेछापका कृषि प्रसार अधिकृत बिवेकानन्द महतले जानकारी दिए ।

उनले भने– भएको खेतियोग्य जमिनमा सिंचाई हुन नसक्नु, धेरैजसो जमिन आकाशे पानीको भर पर्नु पर्ने वाध्यता एकातिर रहेको छ भने अर्कोतिर वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्यामा बृद्धि भएसँगै गाउँमा भएका जमिन बाझिने क्रम बढ्दै गएको अधिकृत महतले बताए ।

रामेछापमा २०६८ सालमा गरिएको जनगणना अनुसार २ लाख २ हजार ६ सय ४६ जना जनसंख्या रहेको छ । जिल्लाको जनसंख्या अनुसार कति खाद्यान्न उत्पादन जिल्लामा नै हुन्छ र कति बाहिरी जिल्लाको भर पर्नुपर्छ भन्ने तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग नभएको सो कार्यालयले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...