रामेछाप । नेकपा एमाले मन्थली नगरकमिटीले पुर्णता पाएको छ । पदाधिकारी बहेक सबै पदमा मंगलबार सहमती भएको भएपनी पदाधिकारीमा भने सहमती हुन सकेको थिएन । बुधबार बिहान अन्य पदमा सहमती भएपनी सचिबमा सहमती नभएपछी सचिब पदमा भर्ने निर्वाचन भएको छ । बुधबार राजु कार्की र सोनु रोका बिच भएको सचिब पदको निर्वाचनमा राजु कार्की निर्वाचित भएका छन् ।
कार्कीले ४१ मत ल्याउँदा रोकाले २५ मत पाएका छन् । जम्मा खसेको ६९ मतमा ३ मत बदर भएको नेकपा एमालेका जिल्ला सचिब आनन्द श्रेष्ठले जानकारी दिए । नगर कमिटीको अध्यक्षमा रामबाबु घिमिरे, उमाध्यक्षमा महेश श्रेष्ठ र उप–सचिवमा सागहरि अधिकारी र नवराज थापामगर सर्वसम्मत रुपमा चयन भएका छन् । एमालेले ७५ सदस्यीय मन्थली नगर कमिटी बनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...