मृत्यु दाबी रकम घरमै पाएपछि मृतकका परिबार दङ्ग

Written by meropradesh creator

१० आश्विन २०७८, आईतवार

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट जीवन बिमाको मृत्यु दाबी भुक्तानी रकम लिएर कम्पनीका कर्मचारी घरमै पुगेर मृतका परिवारलाई उपलव्ध गराएपछि मृतकका परिवार दङ्ग परेका छन् ।

लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका धर्मेन्द्र श्रेष्ठको मृत्युपछि उनले गरेको बिमा अनुसारको रकम मृतककी श्रीमतीलाई उपलव्ध गराउन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरु शनिवार मृतकको घरमै पुगेका थिए । मृतक धर्मेन्द्रले २०७८ बैशाख २२ गते ५ लाख रुपैयाँको सुलभ जिबन बिमा गराएका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा जिबन बिमा गराएका श्रेष्ठको २०७८ असार २२ गते निधन भएको थियो । उनले जिबन बिमा गर्दा पहिलो पटक कम्पनीको नियमअनुसार पहिलो किस्ताबापतको २८ हजार ३ सय ७० रुपैयाँ रकम मात्रै जम्मा गरेका थिए । श्रेष्ठको मृत्यु भएको खबर सुनेपछि कम्पनीका कर्मचारीहरुले कम्पनीको नियमअनुसार विमितको विमाङ्क रकम ५ लाख र बोनस १६ हजार गरि ५ लाख १६ हजार रुपैयाँ रकम बराबरको चेक मृतककी श्रीमती सिता श्रेष्ठलाई उपलव्ध गराएको हो ।

घरमा कमाई गरेर ल्याउने घरमुलीको मृत्युपछि घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताइरहेको बेला अकस्मात रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरु घरमा आएर श्रीमानले गरेको जिबन विमा अनुसारको रकम उपलव्ध गराउँदा ज्यादै खुशि लागेको मृतककी श्रीमती सिताले जानकारी दिइन ।

उनले भनिन्– शुरुमा त आफुलाई श्रीमानले जिबन बिमा गर्नु भएको छ भन्ने थाहा नै थिएन । श्रीमानकाे देहबसान पछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले श्रीमानकाे बिषयमा सोधखोज गर्दा पो श्रीमानले जिबन बिमा गर्नुभएको रहेछ भन्ने जानकारी पाए । अहिले श्रीमानले गर्नु भएको जिबन बिमा बापतको रकम लिएर कर्मचारीहरु घरमै आएर दिदा आफुलाई ज्यादै खुशि लागेको छ । थोरै भएपनि घरपरिवार चलाउन श्रीमानले गरिदिएको जिबन बिमा रकमले सहज हुने भयो ।


कन्पनीमा जिबन बिमा गरेका मृतकका परिवारका सदस्यलाई मृत्यु दाबी रकम उपलव्ध गराउन जिल्ला सदरमुकाम मन्थलीसम्म बोलाउँदा उनीहरुले धेरै झन्झट खेप्नुपर्ने भएकाले उनीहरुलाई सहज होस् भन्ने हेतुले मृतकको घरमै पुगेर जिबन बिमा गराएर बापतको मृत्यु दाबी भुक्तानी रकम उपलव्ध गराएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाका प्रबन्धक सन्तोष श्रेष्ठले जानकारी दिए ।

उनले भने– हामीले मृतकका परिवारलाई कार्यालयमा नै बोलाएर रकम दिन सक्थ्यौ । परिवारले घरमा मृतक गुमाउनु पर्दाको पिडा बिर्सन नसक्दै, सोख बारेर बसेको बेलामा परिवारका सदस्यहरुलाई किन दुःख दिने भन्ने उद्धेश्यले हामीले यो अभियान संञ्चालन गरेको बताए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जिबन बिमा सेवा बिमितको घरदैलोमा नै पुर्याउने उद्धेश्यले देशभर ८२ वटा भन्दा बढी शाखा तथा उपशाखा विस्तार गरेको छ । कम्पनीले हालसम्म १२ वटा बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीको २ अर्ब २० करोड अधिकृत पूँजी रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...