समन्वयको सभाहलमा एमालेलाई छुट–अन्य दललाई अंकुश

Written by meropradesh creator

१५ भाद्र २०७८, मंगलवार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा कुनै पनि राजनितिक दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको भए पनि समन्वय प्रमुखले भने आफ्नो पार्टी नेकपा एमालेका बिभिन्न कार्यक्रम भने गर्न दिएर अन्य राजनितिक दलहरूलाई भने अकुशं लगाउँदै आएका छन् ।

जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा नेकपा एमालेको तर्फवाट निर्वाचित भएदेखी यता प्रेमवहादुर खड्काकै अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका कुनै पनि राजनितिक दलका कार्यक्रमहरु जिल्ला समन्वय समितिको सभाहलमा गर्न नदिने निर्णय गरेको थियो । तर उक्त निर्णय लत्याउँदै समन्वय प्रमुख खड्काले नेकपा एमालेका विभिन्न कार्यक्रमहरु सोही सभाहलमा गर्दै आएका छन् ।


मंगलवार रामेछापको सदरमुकाम मन्थली आइपुगेका नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाशप्रसाद ढुंगेलको उपस्थितीमा पार्टी र जनवर्गिय संगठनका अगुवा कार्यकर्तासँग अन्तक्रीय कार्यक्रम जिल्ला समन्वय समितिको आयोजना गरेको हो । यसअघि पनि नेकपा एमालेले पार्टीका विभिन्न कार्यक्रमहरु जिल्ला समन्वय समितिको सभाहलमा गर्दै आएको छ ।

नेकपा एमालेले राष्ट्रपति देखी जिल्ला समन्वय समितिसम्म जर्बजस्त रुपमा थिचोमिचो गर्दै संविधानलाई नै मिच्ने हिसाबले काम गर्दै आएको आरोप नेपाली काँग्रेस रामेछापका पार्टी सचिब लेखबहादुर कार्कीले लगाए । उनले भने– यसको प्रत्यक्ष उदाहरण पछिल्लो समय रामेछाप जिल्ला समन्वय समितिले गर्दै आएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले आफ्नो पार्टीको अनुकुल हुने कार्यक्रम समन्वयको सभाहलमा गर्न दिएर अन्य राजनितिक दललाई अकुशं लगाउने जुन प्रयत्न गरेका छन् । समन्वय प्रमुखको यो कार्य अतिनै गैरजिम्वेवारी पूर्ण, निन्दनीय र खेदजनक रहेको बताए ।


त्यसैगरी सचिब कार्कीले भने– समन्वय प्रमुख भनेको एउटा पार्टीको मात्रै हैन । आफ्नो पार्टी नेकपा एमालेको जुनसुकै कार्यक्रम गर्न दिने प्रमुखले अन्य दलको कार्यक्रमलाई बन्देज गर्ने जुन काम गरेका छन् यसको हिसावकिताब नेपाली काँग्रेसले गर्छ । केही समयपछि नेपाली काँग्रेसको जिल्ला अधिवेशन आउँदैछ । त्यस अधिवेशन गर्न हाम्रो पार्टीको तर्फवाट जिल्ला समन्वयको सभाहल र प्राङ्गण माग गर्छौ । यदी समन्वय प्रमुखले त्यसवेला सभाहल र प्राङ्गण दिएनन् भने पार्टीको तर्फबाट लेनादेनाको हिसाब शुरु गर्ने पनि सचिव कार्कीले बताए ।

जिल्ला समन्वय समितिले गरेको निर्णयको विरुद्ध कार्यालयको सभाहल नेकपा एमालेको पार्टीको वैठक,अन्तक्रीया लगाएतका कार्यक्रममा दिने र अन्य राजनितिक दलहरुलाई अंकुश लगाएको बिषयमा जिल्ला समन्वय समिति रामेछापका जिल्ला समन्वय अधिकारी झनककुमार खत्रीसँग सम्र्पक गर्दा उनले यो बिषयमा आफुलाई कुनै जानकारी नै नभएको बताए ।


यता समन्वय प्रमुख प्रेमवहादुर खड्काले भने नेकपा एमालेको अन्र्तक्रिया कार्यक्रम भएको तर पार्टीको कुनै झण्डा नै नराखी कार्यक्रम गरेको स्वीकारे । उनले भने– हामीले पार्टीको झण्डा राखेर कार्यक्रम गरेका छैनौं । विकास निमार्णका कार्यक्रमका बिषयमा सबै राजनितिक दल आवद्ध कार्यक्रमलाई सभाहल उपलव्ध गराउने तर एउटा राजनितिक दलको कार्यक्रमलाई हल नदिने निर्णय भएको छ । आज बिहान भएको कार्यक्रमको बिषयमा क–कसले फेसबुकमा हाले होलान । यस बिषयमा आफुलाई जानकारी नभएको प्रमुख खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...