मुख्यमन्त्री शाक्यलाई पद जोगाउनु कठिन

Written by meropradesh creator

५ भाद्र २०७८, शनिबार

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पद जोगाउनु सास्ती परेको छ । माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशका मुख्यमन्त्री बनेका हुन ।
वाग्मती प्रदेशमा नेकपा एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, मजदुर किसान पार्टीका २ जना, राप्रपाका २ र १ जना स्वतन्त्र गरी १०९ सांसद् रहेका छन् । नेकपा एमाले विभाजन अघि वाग्मती प्रदेशमा केपी ओली पक्षका ३४ र माधव नेपाल पक्षका २२ जना सांसद् रहेका थिए । यदि नेपाल समुहमा शाक्य नभएको खण्डमा गठबन्धनले अविस्विासको प्रस्ताब राखेको खण्डमा शाक्यले बहुमत पुर्याउन सक्ने आधार रहदैन । उता शाक्यले टिम परिवर्तन नगरे उनको पद अबको १५ दिनसम्म मात्र रहने ओली पक्षको भनाइ छ । पार्टी दर्ता भएको १५ दिनमा टुंगो लाग्ने बित्तिकै नेकपा एमालेमा दुई धार हुने हुँदा उनलाई मुख्यमन्त्रीको पद जोगाउन कठिन देखिएको हो ।
डोरमणि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी माधवकुमार नेपाल समूहकी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशी मुख्यमन्त्री बनेका हुन । माधव पक्ष पार्टी विभाजनपछि दर्ता प्रक्रियामा रहेका बेला शाक्य एकाएक ओली टिमबाट मुख्यमन्त्री बन्दा राजनीतिक विश्लेषक समेत चकित परेका छन् । उनले पार्टी एकताका लागि मुख्यमन्त्री बनेको भन्दै देश र जनताका आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले काम गर्ने दाबीसमेत गरेका छन् ।
तर, एमाले विभाजन भइसकेको छ । नेपाल समूहको दलले आधिकारिकता पाएपछि कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले ढिलो–चाँडो उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्ने छ ।
हालको अंक गणितअनुसार नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलमा २ जना प्रदेशसभा सदस्यले साथ छाडे शाक्य अल्पमतमा पर्नेछिन । १५ दिनपछि एमाले समाजवादीमा आउने आशा बोकेका माधव पक्षीय नेताहरु शाक्यलाई गठबन्धनबाट बहुमत पु¥याएर नेकपा एमालेलाई प्रमुख प्रतिपक्ष दल बनाउने दाउमा छन्। त्यसकारण शाक्यको मुख्यमन्त्रीमा भविष्य १५ दिनपछि कस्तो हुने भन्ने टुंगो लाग्ने बताइन्छ ।
नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालीकराम जम्कट्टेलले दल विभाजनपछि निर्णय लिने बताउँदै हाल एकल बहुमतको सरकार भएका कारण अविश्वास प्रस्ताव दर्ता नहुने बताएका छन । नेपाली कांग्रेस वाग्मती प्रदेशमा प्रवक्ता प्रभात तामाङले भने पौडेलको सरकार ढल्ने भएपछि शाक्यलाई मोहरा बनाएर मुख्यमन्त्री बनाइएको आरोप लगाएका छन । उनले पार्टी विभाजन भइसकेपछि माधव पक्षतिर आएमात्र नेपाली कांग्रेसले विश्वासको मत दिने र ओली गुटमै बसेको अवस्थामा भने विश्वासको मत दिन नसकिने भन्दै केही दिनमै शाक्य सरकार ढल्ने दाबी गरे । उनले शाक्यले निर्णय लिन नसके अर्को सरकार चयनको प्रक्रिया सुरु हुने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...