१६ बर्षपछी न्याय पाएँ ः कांग्रेस नेता कार्की

Written by meropradesh creator

२ भाद्र २०७८, बुधबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले आफुले १६ बर्ष पछी न्याय पाएको बताएका छन् । कार्कीले मंगलवार पत्रकारहरु संग कुरा गर्दै भने मलाई ठगी मुद्दामा अदालतले १६ वर्ष सम्म अन्याय गर्यो तर आज १६ पछि सफाइ दियो । ‘ हचुवाको भरमा दिएको मुद्दामा अदालतले समयमा फैसला नसुनाउदा मैले १६ बर्ष अन्यायमा दिन बिताए नेता कार्कीले भने । ढिला न्याय पाउनु भनेको अन्यायहुनु रहेछ उनले भने ‘मलाई नखाएको विष लाग्यो, त्यो सहकारीको निर्णायक पदमा पनि म थिइनँ म सदस्य मात्र थिए , बजारमा गरेको लगानी नउठेको कारण सहकारी डुबेछ , पैसा उठाउँदै फिर्ता गर्दै गर्ने क्रममा संस्थामा ताला लगाइएपछि केही बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेछ ,आफु जिल्ला आएकोले यी सबै कुरा मलाई थाहा पनि भएन, न सहकारिमा समस्या आएको सबै कुरा थाहा भयो न म माथि मुद्दा परेको कुरा थाहा भयो, मुद्दा हाल्नेहरु अदालतमा प्रमाण लिएर आउन भन्दा पनि वयान दिन गएनछन् तर जिल्ला अदालतको फैसला पछि जेल बस्न पर्यो’, नेता बार्कीले भने ।
लगातार १६ वर्षसम्म आफूले अपमान र ठगको आरोप सहनु परेको कार्कीले बताए । ‘जेल बसियो, जरिवाना तिरियो, पार्टी भित्र, बाहिर र कतिपय सार्वजनिक स्थानमा समेत अपमानित हुनुपर्यो, कतिपय ठाउँमा बहिष्कृत समेत हुनुपर्यो’ भन्दै कार्कीले गुनासो सुनाए ।
सर्वोच्च अदालतको फैसला बमोजिम आफूले जरिवाना तिरेको रकम फिर्ता पाउने भए पनि जेल बस्दा भएको क्षति र मानसिक रुपमा अपमानित भए वापत पाउने क्षतिपूर्ति कसले दिने ? भन्दै उहाँले प्रश्न समेत गरे ।


कांग्रेस नेता कार्की काठमाडौंको एक सहकारी संस्थाको सञ्चालक समिति सदस्य रहेको बेला सहकारीको पैसा हिनामिना गरी सहकारी डुबाएको भन्दै कार्कीलगायत चार जनालाई गठी मुद्दा लागेको थियो । सो मुद्दामा कार्की सहित चार जनालाई काठमाडौं जिल्ला अदालतले २०६२ साल असार १४ गते जनही २ वर्ष जेल र ६ लाख ८२ हजार ५ सय ५२ रुपैँया जरिवाना सुनाएको थियो ।
द्वन्द्वको बेला भएको र आफू रामेछापमा नै रहेको कारण मुद्दा परेको कुरै थाहा नभएकोले आफूले प्रतिवादी समेत लगाउन नपाएको कांग्रेस नेता कार्कीले बताए । फैसला आएपछि थाहा पाएर २०६४ सालमा १३ महिना ११ दिन जेल बसी सजाय भुक्तानी र जरिवानाको रकम समेत तिरेर कार्की रामेछाप कारागारबाट छुटेका थिए ।
सो मुद्दामा २०६५ माघ १२ गते पुनरावेदन अदालत पाटनले आरोपी मध्ये चन्द्रबहादुर खड्कालाई १ लाख ३६ हजार ५ सय १० रुपैँया जरिवाना गर्ने र अन्यलाई भने जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला सुनाएको थियो ।
त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले कार्की लगायत चारै जनालाई सफाइ दिएको छ । संयुक्त इजलासले गत पुष १२ गते सो फैसला सुनाएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...