हत्यारालाई कार्बाहीको माग गर्दै स्थानिय आन्दोलनमा

Written by meropradesh creator

१ श्रावण २०७८, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका–१२ का मृत अवस्थामा भेटिएका राजकुमार बुढाथोकीको आफन्तले हत्यारालाई कार्बाहीको माग गर्दै आन्दोलन गरेका छन् । मन्थली नगरपालिका–१२ निवासी ३६ वर्षिय राजकुमार बुढाथोकी असार १ गते बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा भोलीपल्ट २ गते सोही वडाको चनौटे भिरको फेदिमा मृत अवस्थामा बुढाथोकीको शब फेला परेको थियो । उनको झण्डै ३ सय मिटर अग्लो भिर बाट लडेको जस्तो देखिने अवस्थामा शब फेला परेको थियो । मृतक बुढाथोकीको आर्थीक अवस्था एकदम कम्जोर रहेको र बोल्न सक्ने परिवारमा कोही सदस्य नभएको अवस्थामा जनप्रतिनिधीको दबाबमा लडीमेरको भन्दै हत्यारालाई प्रहरीले उन्मुक्ति दिन लागेको उनका आफन्तको आरोप रहेको छ ।
जनप्रतिनिधीको दवाबमा हत्यारालाई प्रहरीले उन्मुक्ति दिन लागेको भन्दै घट्नाको सत्य तथ्य छनबीन गर, हत्यारालाई खोजी गरि कार्बाही गर, राजनीती हामीलाई चाहीदैन, राजकुमारको परिवारलाई न्याय दे जस्ता नारा सहित मृतकका आफन्तले बिरोध गरेका छन्।

 
मृतकका आफन्तले नारा जुलुस सहित मन्थली बजार परिक्रमा गरी जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरीकार्यालय र सरकारी वकिलको कार्यलयमा ज्ञापन–पत्र समेत बुझाएका छन् । साथै मृतकका आफन्तले एक घण्टा सडक समेत बन्द गरेको छ । तिन सय मिटर भन्दा अग्लो भिरबाट लडेर मृत्यु भएको ब्यक्तिको टाउकोमा लागेको चोट भन्दा अन्य ठाउमा कुनै पनी चोट पटक नभएको उनका आफन्त हर्क बहादुर बुढाथोकीले बताए ।
उनले भने मेरो नातीलाई घरमा मारेर धुइ पखाली नुहाइ धुवाई गरी लुगा फेरेर सफा पारेर भिरको फेदीमा लगेर लडेर मेरेको भनेको बताए । भिर बाट लडेर मृत्यु भएको भए शरिरमा अन्य चोट पटक देखीनु पर्नेहो तर शरिरमा कहि कतै चोट पटक छैन घटना स्थलमा रगत छैन, कतै लडेको जस्तो झार बुट्टा मारिएको छैन कसरी लडी मृत्यु हुन्छ ! लडी मृत्य भएको हैन मारेर त्याँहा लगेर राखेको हो उनले भने ।
उनका बहिनी सन्तोषी बुढाथोकीले भने आफ्नो दाजु लडेर नभै मारेर भिरको फेदिमा लगेर राखेको भन्दै हत्यारालाई उन्मुक्ति दीए आफुहरु अन्यायमा पर्ने भन्दै हत्यारालाई कार्बाहीको माग गरेका छन् । प्रहरीले मृतकका आफन्तले दिएको किटानी जाहेरीको आधारमा तिन जनालाई नियन्त्रणमा लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...