नेविसंघ रामेछाप द्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

Written by meropradesh creator

१९ असार २०७८, शनिबार

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले प्रधानमन्त्री केपी वली र राष्ट्रपती बिद्यादेबी भण्डारीको पुत्ला दहन गरेको छ । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले असंवैधानीक कदम चालेको, संसद विघटन गरेको र त्यसैलाई राष्ट्रिपतीले सदर गर्दै साथ दिएको भन्दै प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी हरुले पुत्ला दहन गरेका हुन । प्रधानमन्त्री वलीको निरंकुसताबादी कदमलाई राष्ट्रपती भण्डारीले अन्धभत भएर समर्थन गरेको कारण मुलुक संकटमा परेको नेविसंघले आरोप समेत लगाएको छ ।
ओलि सरकारको गलत र असंबैधानीक कदम विरुद मोर्चाबन्दी भएका संयुृक्त विद्यार्थि संगठनहरुको घोषित कार्यक्रम अनुसार नेविसंघले साँझ मन्थलीको देवकोटा चोकबाट शंख फुकेर पुतला सहितको राँके जुलुस निकालेको थियो । विभिन्न नारा सहित निस्किएको जुलुस मन्थली बजार परिक्रमा गरि स्थानिय जिल्ला समन्वय समितिको मुख्य ढोका अगाडी पुगेर समापन भएको थियो ।

मसाल सहितको जुलसका सहभागि विद्यार्थिहरुले प्रधानमन्त्री सहित राष्ट्रपतिको गलत कदमले लोकतन्त्रको बदनाम भएको र नेपाली नागरिकहरुको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेको आरोप लगाएका थिए । त्यसका बिरुद्ध फेरी पनि विद्यार्थिहरु सडकमा ओर्लनु परेको भन्दै कदम नसच्चिए त्यसको मुल्य प्रधानमन्त्री ओलि र राष्ट्रपति विद्या भण्डारीका लागि महंगो सावित हुने नेपाल विद्यार्थि संघ प्रदेश ख का क्षेत्रिय सभापति उत्तम कार्किले चेतावनि समेत दिए

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...