राष्ट्रपतिसमक्ष आफु संग बहुमत भएको वली र देउवाको दाबी ंअफ्ठेरोमा राष्ट्रपति भण्डारी

Written by meropradesh creator

७ जेष्ठ २०७८, शुक्रबार

काठमाण्डौं । राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आफु संग बहुमत भएको भन्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले दाबी पेश गरेको छ । संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि दुबै नेताले आफूसँग बहुमत रहेको दाबी गर्दै सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय शीतल निवासमा बुझाएका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले एमाले (१२१) र जसपा (३२) मिलाएर १५३ जना सांसदको हस्ताक्षर राष्ट्रपति भण्डारी समक्ष बुभाएका छन । त्यसैगरी नेपाली कांग्रेसका सभापती देउवाले कांग्रेस (६१), नेकपा (माओवादी केन्द्र) (४९), जसपा (उपेन्द्र–बाबुराम समूह) (१२) र एमाले माधव नेपाल समूह (२७) मिलाएर १४९ सांसदको हस्ताक्षर बुझाएका छन्।
यद्यपि ओलीको १५३ र देउवाको १४९ संख्या जोड्दा कुल सांसद संख्या ३०२ पुगेको छ तर प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । जसमा हस्ताक्षर हुन सक्ने सांसद संख्या २६६ मात्र छ । राष्ट्रपति कार्यालयमा दुबै पक्षको हस्ताक्षरबाट कुल संख्याभन्दा ३६ संख्या बढी देखिएको छ । संसदमा अहिले (कांग्रेस २÷जसपा २) ४ जना सांसद निलम्बित छन् । ओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख छन् । यस हिसाबले हस्ताक्षर योग्य कुल संख्या २६६ मात्रै हुन्छ । एक सिट रहेको नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म कतै पनि हस्ताक्षर गरेको छैन । जस अनुसार ३५ सांसदको कीर्ते वा अन्य प्रयोजनको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पुगेको छ ।
कसलाई वैधानिकता दिने भनेर अहिले सबैभन्दा अफ्ठेरोमा परेकी छन् राष्ट्रपति विद्यादेवी भण्डारी । त्यसैले होला भण्डारीले कानुनविद्सँग छलफल गर्ने निर्णय गरेकी छन् र आजै टुंगोमा पुग्न नसकिने सन्देश पनि प्रवाह गरेकी छन्।
संविधान र कानुनका जानकार भने राष्ट्रपतिसँग दुईटा विकल्प रहेको बताउँछन् । पहिलो त हस्ताक्षरमा विवादित देखिएका सांसदलाई मात्रै बोलाएर सनाखत गर्ने, दोस्रो भनेको सबैलाई बोलाएर ठाउँको ठाउँको पहिचान गर्ने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...