काग्रेंस नेता कान्छारामद्वारा आइसीयू सामाग्री हस्तान्तरण गरिदै

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

रामेछाप । नेपाली काग्रेंसका नेता तथा प्रतिनिधी सभाका उमेद्धवार पुर्ण बहादुर तमाङ्ग (कान्छाराम) ले आसीयू सहितको ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र अन्य सामाग्रीहरु जिल्लामा रहेको तामाकोशी अस्पताललाई सहयोग गर्ने भएको छ । सामाजिक र राजनितिक रुपमा जिल्लामा कृयासिल समाजसेवी पुर्ण वहादुर तमाङ (कान्छाराम) ले मुलुकभर भइरहेको कोरोना भाइरसको महामारीका बेला रामेछापमा रहेको तामाकोशी अस्पताललाई आईसीयू सामाग्री हस्तान्तरण गर्ने तयारी गर्नु भएको हो । उहाले आइसीयूमा प्रयोग हुने ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र अन्य सामाग्रीहरु सोमवार जिल्लामा पु¥याउनु भएको छ र उक्त समाग्रीहरु मंगलवार दिउसो १ः३० वजे तामाकोशी अस्पतालाई औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसका रामेछापका सचिब लेख वहादुर कार्कीले बताउनुभयो ।
मुलुकभर फैलिरहेको न्यू भेरियन्ट सहितको (कोरोना भाइरस) कोभिडका कारण जिल्लाका नागरिकहरुले अकालमै ज्यान गुमाउनु नपरोस भनि उक्त समाग्री आफुले जिल्ल्लामा रहेको तामाकोशी अस्पताललाई हस्तान्तरण गर्न लागेको पूर्ण वहादु तामाङले बताउनुभयो ।
उहाले देशभर अक्सिजन,आइसियू र भेन्टिलेटरको अभावमा विरामीहरुको ज्यान जाने दर दिनानुदिन बढ्दै गएका कारण आइसीयूको अभावमा जिल्लाका नागरिकहरुले ज्यान गुमाउनु नपरोस र यो सहयोगले विरामीको ज्यान जोगाउन अस्पताललाई टेवा पुगोस भन्ने उद्देश्यका साथ पनि आफुले यस प्रकारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्न लागेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता,एबं संघिय सांसदका उमेद्वार समेत बन्नु भएका तमाङले यस अघि पनि जिल्लामा एम्बुलेन्स,शव वाहन हस्तान्तरण गुर्नका साथै अन्य समामजिक कामका लागि पनि सहयोग गरिरहनु भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...

रामेछापमा व्यावसायिक कालिज पालनतर्फ युवाको आकर्षण

रामेछापमा व्यावसायिक कालिज पालनतर्फ युवाको आकर्षण

रामेछाप   । रामेछापमा पछिल्लो समय व्यावसायिक कालिज पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ। यसै क्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका युवा निरोज खड्का कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्दै उदाहरणीय बनेका छन्। वैदेशिक रोजगारीको मोह बढिरहेका बेला ३२...