कोरोनाबाट मृत्यु भएकी महिला संगै सुत्केरी महिला आएकी थिइन

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

दोलखा । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी महिला संगै एक सित्केरी महिला पनी काठमाण्डौ बाट संगै दोलखा आएको बताइएको छ । भक्तपुर माईतीघर भएकी ति महिला वैशाख १३ गते विस्केट जात्रा हेरेर माईतीघरबाट फर्किएकी थिइन् । मृतक महिला माईतीबाट घर फर्कने क्रममा उनीसँगै काठमाडौंबाट सुत्केरी महिला,उनका श्रीमान, ससुरा र सवारी चालक आएको बताइएको छ । कोरोना संक्रमित महिलाको मृत्यु भएपछि उनीसँगै आएका मानिसहरु पनि कोरोनाको जोखिममा परेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी मृतकका श्रीमान, ससुरा र देवरको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको पारिवारीक स्रोत बताएको छ । छिमेकी महिलाको कोरोनाका कारण मृत्यु भएपछि स्थानीयमा थप त्रास बढेको छ ।
कोरोना संक्रमित महिलालाई काठमाडौंमा उपचारका लागि लिएर गएको बोलेरोले अन्य यात्रु तथा विवाहको जन्ती समेत बोकेको पाइएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्यामबहादुर खड्काले जानकारी दिए । स्वास्थ्य संयोजक खड्काका अनुसार संक्रमणका कारण मृत्यु भएकी महिलाको परिवार र उनीसँगको सम्पर्कमा पुगेका व्यक्तिहरुलाई निगरानीमा राखेर ५ दिनपछि मात्रै स्वाब संकलन गरिने छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा पुगेकाहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गर्ने र उनीहरुलाई निगरानीमा राख्न नगरपालिकालाई आग्रह गरिसकेको बताएका छन । मुलुक भर कोरोना संक्रमितको संख्या बढीरहेका बेला दोलखामा पनि दिनदिनै संक्रमित थपिरहेका छन् भने दोस्रो लहरको कोरोना फैलिएपछि दोलखाकी एक महिलाको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी माईती घरमै रहेका बेला सामान्य रुघाखोकी, ज्वरो आएको र त्यहींबाट संक्रमित भएको ट्राभल हिस्ट्रीले देखाएको छ । मृतक महिलाको बुवा र आमा दुवै कोराना संक्रमित भएको र आमाको उपचारपछि निको भएपनि बुवा अहिले पनि भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमण भएकी महिलाको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि संक्रमण पुष्टि भएको एक सातामै मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...