लुम्बिनी प्रदेशको मुख्यमन्त्री म हुँ ः पोखरेल र केसी

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल नभएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका छन् । नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले शपथ खुवाएपनी प्रदेश प्रमुखले असंवैधानिक काम गरेको नेता केसीको भनाई छ ।
गठबन्धन दल माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत आफु संग भएको भन्दै केसीले मुख्यमन्त्री घोषणा गरेका हुन् । उनी चार दलको प्रस्तावित मुख्यमन्त्री रहेका छन् । प्रदेश प्रमुख कार्यालय अगाडि धर्नामा बसेका गठबन्धनका तर्फबाट बोल्दै प्रदेश प्रमुखले असंवैधानिक काम गरेको नेता केसीको टिप्पणी गरे । ३७ जना सांसद रहेको एमालेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेर शपथ ग्रहण गराएर दुर्घना निम्त्याइएको छ’, केसीले भने ।
उनले मुख्यमन्त्री आफू नै भएको बताउँदै कर्मचारीलाई पनि त्यही अनुसार काम गर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पनि अल्पमतको मुख्यमन्त्रीलाई शपथ नखुवाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए ।
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ अनुसार बहुमत दलका रुपमा एमालेका तर्फबाट मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका थिए । यो लगत्तै प्रदेश कार्यालय घेराउ गर्दै तीन दलले शपथ रोक्न माग गरेपनि मुख्यमन्त्री पोखरेलले कडा सुरक्षा घेरामा शपथ लिइसकेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...