रामेछापमा लकडाउनको मागगर्दै मानव अधिकार द्वारा प्रेस बिज्ञप्ती

Written by meropradesh creator

१९ बैशाख २०७८, आईतवार

रामेछाप । बिश्वमा फैलिएको कोरोना भाइरस जिल्ला भित्र पनी दिन प्रतिदिन बढदै गएको भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले लकडाउनको माग गर्दैै प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ जनामा संक्रमण फैलिएको भन्दै तत्काल जिल्लामा लकडाउन गर्न आग्रह गरेको हो ।
काठमाडौं उपत्यका सहित देशका २२ भन्दा बढी जिल्लामा लकडाउन घोषणा गरिए पनि रामेछापमा भने लकडाउनको घोषणा गरिएको छैन । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि तत्काल लकडाउन घोषणा गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछाप माग गरेको छ ।
सञ्जालका संयोजक पाण्डव प्रसाईले प्रेस विज्ञप्ती जारी गर्दै केही दिनदेखि जिल्लामा कोरोनाको सङ्क्रमण अप्रत्याशित रुपमा बढ्दै गएकाले सरोकारवाला निकायसँग मन्थली लगायतका बजार केन्द्रमा १० देखि १४ दिनसम्म निषेधाज्ञा जारी गरी कोरोना सङ्क्रमणको चेनलाई ब्रेक गर्न माग गरेको हो । काठमाडौ लगायतका संक्रमित क्षेत्रबाट अहिले पनि बस तथा अन्य सवारी साधनबाट ठूलो संख्यामा मानिस जिल्ला भित्रिरहेको भन्दै त्यसलाई तत्काल रोक्न पनी माग गरेको छ । त्यस्तै गरी बजार क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना नभएको भन्दै बिरोध समेत गरेको छ । संक्रमित फेला परेका स्वास्थ्य संस्था र त्यसको आसपासको क्षेत्रमा समेत स्वास्थ्य सुरक्षामा कुनै ख्याल नगरिएको भन्दै भोलिको दिनमा झन संक्रमितको संख्या बढने सम्भबना रहेको भन्दै १८ बुँदे प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा लकडाउन गर्ने नगर्ने भन्ने बिषयमा अहिले ३ बजे बाट छलफल चलाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...