नेपाली कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको अन्तिम दाहसंस्कार

Written by meropradesh creator

११ बैशाख २०७८, शनिबार

रामेछाप । नेपाली कांग्रेस दोलखाका पुर्व पार्टी सभापति देवि प्रसाद न्यौपानेको शुक्रबार अन्तिम दाहसंस्कार गरियको छ । नेपाली कांग्रेसका सह माहामन्त्री प्रकाश शरण महतले पार्टीको झण्डा ओडाएर न्यौपाने प्रजातान्त्रीक आन्दोनमा महत्वपुर्ण योगदान गरेका बैचारीक इमान्दार र कर्तव्यनिष्ट नेता लाई पार्टी र दोलखा बासीले गुमाएको भन्दै दुख ब्यक्त गरे । उनले नेता न्यौपानेको निधनले पार्टीलाई अतुलनिय क्षेती पुगेको समेत बताए ।


न्यौपानेको बिहीबार आफ्नो घर छेउको रुख काट्ने क्रममा रुखले किचेर घाइते भएपछी उपचार गर्न अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले जानकारी दिए । उनको ७१ वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको मृत्युले नेपाली प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । न्यौपानेको मृत्युले दोलखा काँग्रेसले एक अभिभावक गुमाएको भन्दै पार्टी सभापति रुद्र बहादुर खड्काले दुख व्यक्त गरेका छन् । न्यौपाने २०२७ सालमा जनकपुर अञ्चलको गौरीशंकर छात्र समितिको सदस्य हुँदै विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । उहाँ विद्यार्थी राजनीति पछि २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति र २०६२÷२०६३ सालको आन्दोलन ताका पनि जिल्ला सभापतिको रुपमा रहनु भएको थियो ।
उहाँ तत्कालिन समयमा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको दोलखा सभापति समेत रहनु भएको थियो । उहाँ तीन पटक दोलखाको सभापतिको रुपमा रहनु भएको नेपाली कांग्रेसका पुर्ब सभापति उद्धबराज काफ्लेले बताउनु भयो । राजनीतिमा कुनै लाभको पद नलिएका न्यौपाने अत्यन्तै सरल , सादगी , निष्ठावान नेताको रुपमा चिनिनु हुन्थ्यो । विपी कोईराला प्रवासमा रहँदा भारतको बनारसमा बिपि कोईराला हँुदै सरोज कोईरालासँगै २ बर्ष प्रवासमा समेत विताउनु भएको न्यौपाने हाल नेपाली कांग्रेसका पुराना नेताको रुपमा समेत चिनिनु हुन्थ्यो ।
नेशनल कलेज हालको शंकरदेब क्यापसका विद्यार्थी नेता न्यौपानेको प्रदीप गिरी, दुर्गा सुबेदी , बिमेलेन्द्र निधि जस्ता नेताहरुसँग अत्यन्तै गहिरो सामित्यता रहेको थियो । न्यौपानेले नेपाली जनताको हकहित अधिकार प्राप्तिका लागि नीन पटक गरेर करिब चार बर्ष जेल जीवन समेत बिताएको नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताउनु भयो । न्यौपाने नेपाली कांग्रेसले लिएको मेलमिलापको नीति पश्चात् बिपीसँगै स्वदेश फर्किनु भएको थियो ।
दोलखाको कांग्रेसको राजनीतिमा न्यौपाने निरन्तर महासमिति सदस्य समेत रहनु भएको थियो । २०५७ सालमा न्यौपानेलाई सरकारले गठन गर्ने सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष समेत बनाईएको थियो । उहाँ बाह्रौं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार बनि झिनो मतले पराजित बन्नुभएको थियो ।
२००६ साल असोज १६ गते दोलखाको जफेमा जन्मिनूभएको न्यौपानेको जिवनस्तर हेर्दा बर्तमान नेपाली राजनितिलाई नै एउटा उदारण रहेको छ । अत्यन्तै सहयोगि, कार्यकर्ता माझ लोकप्रिय नेताका रुपमा चिनिने नेताको रुपमा न्यौपानेलाई लिईन्थ्यो । पंञ्चायत बिरुद्धको प्रर्जातान्त्रीक आन्दोलनका योद्धा समेत रहेका न्यौपानेको अन्तिम दाहस्कारका लागी जफेको ढोलीखोलामा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगाएत अन्य राजनितीक दलका नेता कार्यकर्ताहरु सहभागी भएको थियो ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...