पत्रकार डेकेन्द्रराज थापाका हत्यारा पक्राउ

Written by meropradesh creator

२६ माघ २०७७, सोमबार

रामेछाप । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार थापाको हत्यामा संलग्न भई फरार रहेका दैलेख महाबु गाउँपालिका वडा नं–६ का ६८ वर्षिय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटेको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक अनुप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार– पक्राउ परेका शाहीलाई जिल्ला अदालत दैलेखबाट २ वर्ष कैद सजाय तोकिएको छ । फरार अभियुक्त शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी रहेको सजायको लागि अभियुक्त शाहीलाई कारागार चलान गरिएको छ । १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दी प्रत्यक्षीकरणमा परेपछि अदालतको फैसला ढिलो आउँदा शाही थुनामुक्त भई फरार भएका थिए ।
दैलेखका पत्रकार डेकेन्द्र द्धन्दकालमा तत्कालिन माओवादीबाट मारिएका थिए । दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न बार्ताका बस्ने भन्दै बोलाएपछि पत्रकार उक्त स्थानमा गएका थिए । दैलेखको साबिकको द्वारी गाविस वडा नं–१ मा २०६१ साल साउन २७ गते माओवादी कार्यकर्ताहरुले हत्या गरेका थिए ।
घरबाट खानेपानीको छलफलको लागि हिडेका पत्रकार थापा घर नफर्किएपछि घरपरिवारवाट उनको खोजी भएको थियो । खोजीको क्रममा पत्रकार थापालाई हत्या गरेको अवस्थामा उनको शव फेला परेपछि उनकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ साल भदौ ५ गते ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन । सोही किटानीको जाहेरीको आधारमा प्रहरीले तत्काल नै ५ जनालाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...