फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

२२ भाद्र २०८३, सोमबार

रामेछाप, २२ भदौ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल टेलिभिजनका पत्रकार हिमाल ढुंगेल र हजुरकाे रेडियाेकी पत्रकार ललिता हायू रहनुभएको छ।

फोनिज रामेछापको १३औँ वार्षिक साधारणसभाको अवसरमा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पत्रकार ढुंगेललाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्नुभएको हो।

सोही अवसरमा ‘फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट पत्रकार ललिता हायु पनि सम्मानित हुनुभएको छ। उहाँलाइ पनि नगद, प्रमाण पत्र र देसल्ला सहित सम्मान गरिएके छ । कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा फोनिज बागमती प्रदेशका अध्यक्ष युबराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे, पूर्व अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना मन्तव्य राख्नु भएके थिये ।

खोज तथा जनसरोकारका विषयलाई पत्रकारितामार्फत उजागर गर्दै समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप ढुंगेललाई खोज पत्रकारिता वर्ष पुरस्कार प्रदान गरिएको फोनिज रामेछापले जनाएको छ। यस्तै, आदिवासी जनजाति समुदायका सवाल र सरोकारका विषयलाई पत्रकारितामार्फत उठाउँदै आएको योगदानका लागि हायुलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गरिएको हो।

सम्मानपछि पत्रकार ढुंगेलले पुरस्कारले आफूलाई पत्रकारिताप्रतिको जिम्मेवारी अझ गम्भीरताका साथ निर्वाह गर्न प्रेरित गरेको बताउनुभयो। उहाँले समाजका महत्वपूर्ण तथा ओझेलमा परेका विषयलाई निरन्तर पत्रकारितामार्फत उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फोनिज रामेछापले जिल्लामा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्नुका साथै खोज पत्रकारिता र आदिवासी जनजातिका सवाललाई प्राथमिकताका साथ उठाउन प्रेरित गर्ने उद्देश्यले वर्षेनी विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...