कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएर मुलुकको लोकतान्त्रिक पद्धतिको रक्षा र समृद्धिको यात्राको नेतृत्व गर्नुपर्ने बताएका छन्।

देउवाले नेपाली कांग्रेसको इतिहास लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनसँग जोडिएको उल्लेख गर्दै विगतका योगदानबाट पाठ सिकेर आगामी राजनीतिक बाटो तय गर्नुपर्नेमा जोड दिएका छन्। २००७ सालको राणा शासन अन्त्यदेखि २०४६ सालको प्रजातन्त्र पुनःस्थापना, २०६२/६३ को जनआन्दोलन र २०७२ सालमा संविधान जारी गर्ने प्रक्रियामा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ छ।
उनले इतिहासमा भएका राजनीतिक परिवर्तनलाई अवमूल्यन गर्ने भाष्यले मुलुकलाई कमजोर बनाउने भन्दै राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिकाबारे समाजमा बहस र छलफल आवश्यक रहेको बताएका छन्।

पार्टीभित्रको पछिल्लो विवादप्रति संकेत गर्दै देउवाले कांग्रेसभित्र भावनात्मक एकता र मेलमिलाप अत्यावश्यक रहेको बताएका छन्। असहमतिलाई सबैको न्याय र भावनाको कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्ने उनको भनाइ छ।

“कोही पनि व्यक्ति केन्द्रित हुनुहुँदैन। कांग्रेसको हितलाई नै एकताको आधार बनाउनुपर्छ,” देउवाले भनेका छन्। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढ हुनसमेत आह्वान गरेका छन्।

देउवाले व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्नेमा जोड दिएका छन्। मुलुक कठिन राजनीतिक, आर्थिक–सामाजिक तथा धार्मिक–सांस्कृतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै साझा राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सहिष्णुताको संरक्षण आवश्यक रहेको उनले बताएका छन्।

वर्तमान संविधानको अभ्यास र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि बृहत्तर राष्ट्रिय सहमति खोज्न पहल गर्ने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन्। राष्ट्रिय तथा लोकतान्त्रिक शक्तिबीच संवादमार्फत राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ।

उनले संकटका समयमा संवाद, सहमति र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्ने उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चतालाई आफ्नो जीवनका मूल आदर्शका रूपमा अघि सारेका छन्।

यस्तै, देशका विभिन्न भूभागमा भइरहेको बाढीपहिरो तथा डुबानबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र उचित पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। विपद्मा परेका नागरिकको सेवामा जुट्न पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई पनि उनले आग्रह गरेका छन्।

देउवाले राष्ट्रिय भेलाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण गर्नुका साथै संवाद र सहकार्य बढाउने अपेक्षा व्यक्त गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएर लोकतान्त्रिक पद्धतिको रक्षा र समृद्धिको यात्रामा सफल नेतृत्व दिन सक्ने शुभकामना व्यक्त गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...