स्थानीय कला र संस्कृति जोगाउन झाँकीसहितको र्‍याली

३० असार २०८३, मंगलवार

रामेछाप  । स्थानीय कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रामेछाप शाखाले सनिवार मन्थलीमा झाँकीसहितको सांस्कृतिक र्‍याली आयोजना गरेको छ।

प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशनको अवसरमा आयोजित र्‍यालीमा जिल्लाका विभिन्न जातजातिका मौलिक भेषभूषा, संस्कृति र परम्परालाई झल्काउने आकर्षक झाँकी प्रस्तुत गरिएको थियो। सुनुवार समुदायसहित जिल्लाका विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्किने झाँकी प्रदर्शन गरेका थिए भने पञ्चेबाजा संरक्षण समितिले मौलिक बाजासहित विशेष प्रस्तुति दिएको थियो।

रामेछाप शाखाकी तदर्थ समितिकी संयोजक कल्पना सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कला र संस्कृतिको संरक्षणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्दै यसको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कलाकारहरूले लोकगीत तथा दोहोरीमार्फत नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा लोकसंगीतको महत्वपूर्ण भूमिका रहेको बताए।

अधिवेशनको अवसरमा आयोजित झाँकीसहितको र्‍यालीमा स्थानीयवासी, कलाकार, सांस्कृतिककर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले जिल्लाको सांस्कृतिक विविधतालाई उजागर गर्नुका साथै स्थानीय कला र संस्कृतिप्रति जनचासो बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...