गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो।

सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको पानी सेती खोलामा निकास गरिनेछ। यसका लागि दुवै पक्षको प्राविधिक टोलीले निरीक्षण गर्ने र निर्माणमा एक लाख रुपैयाँसम्म खर्च भए हाइड्रोपावर एक्लैले बेहोर्ने छ। सोभन्दा बढी बजेट लागेको खण्डमा भने गाउँपालिका र हाइड्रोपावरले ५०–५० प्रतिशत लागत साझेदारी गरी काम सम्पन्न गर्ने समझदारी भएको छ।

विगतका असमझदारी र उजुरीहरूलाई थाँती राख्दै आगामी दिनमा आपसी समन्वय र सद्भावका साथ अगाडि बढ्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सहज बन्दै तेल आपूर्ति: ओपेक प्लसले उत्पादन बढाउने सम्भावना

सहज बन्दै तेल आपूर्ति: ओपेक प्लसले उत्पादन बढाउने सम्भावना

पश्चिम एसियाको तनाव कम भएसँगै ओपेक प्लस (OPEC+) ले कच्चा तेलको उत्पादन बढाउने तयारी गरेको छ। इरान र अमेरिकाबीचको समझदारीपछि रणनीतिक जलमार्ग 'स्ट्रेट अफ होर्मुज' को अवरोध हट्दा तेल आपूर्ति सहज भई यसको मूल्य युद्धपूर्वको अवस्थामा फर्किएको छ। साउदी अरब र रसियासहितका...

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए।...

काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

रामेछाप २१   – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन...