पश्चिम एसियाको तनाव कम भएसँगै ओपेक प्लस (OPEC+) ले कच्चा तेलको उत्पादन बढाउने तयारी गरेको छ। इरान र अमेरिकाबीचको समझदारीपछि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध हट्दा तेल आपूर्ति सहज भई यसको मूल्य युद्धपूर्वको अवस्थामा फर्किएको छ। साउदी अरब र रसियासहितका प्रमुख देशहरूले दैनिक करिब १ लाख ८८ हजार ब्यारेल उत्पादन बढाउने विषयमा छलफल गरिरहेका छन्। आगामी वर्ष बजारमा तेलको आपूर्ति बढी हुन सक्ने अनुमान गरिए पनि संगठनभित्र उत्पादन कोटा निर्धारण गर्ने विषय भने अझै चुनौतीपूर्ण देखिन्छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









