रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

२१ असार २०८३, आईतवार

काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए।

अधिवेशनले पुरुषोत्तम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा नरबहादुर तामाङ र विदुर खड्का, महासचिवमा पुष्करप्रसाद घिमिरे, सचिवमा पवित्रा भण्डारी तथा कोषाध्यक्षमा मेघराज खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृष्ण गौतम, राजनप्रसाद प्रसाई, नवराज अधिकारी र सुजन श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकी, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं, पूर्व प्रदेशमन्त्री तथा एमाले नेता शान्तिप्रसाद पौडेल, नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका होमबहादुर कार्की, साहित्यकार अमरदीप सुनुवार तथा चण्डेश्वर चौलागाईंले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले विदेशमा रहेका रामेछापेलीबीच आपसी एकता, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै संस्थाले सामाजिक सेवासँगै जिल्लाको विकास र पहिचान प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनुपर्ने धारणा राखेका थिए।

रामेछाप जिल्लामा स्थायी ठेगाना भएका तथा रोजगारी, अध्ययन र विभिन्न पेशागत सिलसिलामा दक्षिण कोरियामा रहेका व्यक्तिहरूबीच आपसी सम्बन्ध विस्तार गर्ने, समस्या समाधानमा सहजीकरण गर्ने तथा सामाजिक विकासका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले संस्था स्थापना गरिएको जनाइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...